डेंगुको संक्रमणबाट इलामका एकको मृत्यु

डेंगुको संक्रमणबाट इलामका एकको मृत्यु

 १२ भदौ, इलाम ।  डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्।

उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍यायाइएको थियो। प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो।

श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर