१२ भदौ, झापा । झापाको दमकमा १० दिने किरात सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बू बिधार्थी मन्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण हिजोबाट सुरु भएको हो ।
दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भईरहेको उक्त कार्यशालामा ४० जनाको सहभागिता रहेको संयोजक आकाश लावती लिम्बूले जानकारी दिनुभयो ।
भदौ २१ गतेसम्म संचालन हुने कार्यशालाको सहजीकरण भाषालिपि तथा साँस्कृतिक अभियन्ता थेयुसा फागोले गरिरहनुभएको छ ।
लिम्बू विद्यार्थी मन्चले याक्थूङ विद्यार्थीहरुको हक, अधिकार संरक्षण र सम्वद्र्धन गर्दै याक्थूङ भाषा, लिपि, कला, धर्म, साँस्कृतिक तथा शैक्षिक बिकासमा योगदान पुर्याउदै आएको छ ।