विशेष

इरानसँग युद्ध नगर्ने अमेरीकाको भनाई
१७ माघ, एजेन्सी । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसमर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका हुन् । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने..

विराटनगर जुटमिल संञ्चालनमा ल्याउन तत्काल ३० करोड बढी लगानी आवश्यक
१७ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउने बताएका छन् । त्यसका लागि अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । तर, वर्षाैं अघि बन्द भएको विराटनगर जुटमिलको अवस्था भने दयनीय छ । जुट मिल परिसर साँझ पर्नासाथ भुत बङ्गलाजस्तो हुन्छ । जुटमिल क्षेत्र ठुलो जङ्गल जस्तो देखिन थालेको छ । जुटमिलको सुरक्षाका लागि लगाइएका पर्खाल भत्किएका छन् । लागु औषध प्रयोगकर्ता र चोरी चकारी गर्नेहरुको..

विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
१७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ । प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख..

मधेशमा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जनमतको माग
१७ माघ, जनकपुरधाम । मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित मान्यता दिन माग गरेको छ । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ । अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ ।..

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा माघ २१ देखि खेलकुद सप्ताह सुरु
१६ माघ, इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताहको आयोजना गर्ने लागेको स्ववियु सभापति दर्शन राईले बताए । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित आउने माघ २१ गते देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको उनले बताए । उनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको..

नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा
१६ माघ, काठमाण्डौँ । नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा..

हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी नेपाली सेना
१६ माघ, हेटौडा । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको स्थानियले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । सोहीअनुसार..

सांसदको निर्माण कम्पनीले आयोजना अलपत्र पारेपछि मतदाताले अल्टिमेटम दिए
१६ माघ, काठमाण्डौँ । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसदलाई अल्टिमेटम दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण गराएको हो । रामेछाप सदरमुकाम जोड्ने मन्थली–चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन..

माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो माई नगर’ सार्वजनिक
१३ माघ, इलाम । इलामको माई नगरपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माई नगर’कक्षा ४, ५ र ८ सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । माई नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागितामा पुस्तक सार्वजनिकीकरण गरिएको हो । सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख खम्बा सिंह लिम्बुले शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्ने कुरामा कुनै कमी हुन नदिने..

थप तीन हजार जनालाई शहीद घोषणाको तयारी हुँदैछः प्रधानमन्त्री प्रचण्ड
१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए । प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका..