कृषि

धरानको कृषि थोक बजार देशभरिकै सर्वोत्कृष्ट
१८ कार्तिक, सुनसरी । धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि थोक बजार यो बर्ष पनि देशभरिकै थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । धरानको कृषि बजारले योसँगै सातौं पटक प्रथम पुरस्कार हात पारेको हो यसअघि पनि २०६१, २०६३, २०६८, २०७२, २०७५ र २०७६ सालमा पनि धरानको कृषि थोक बजारले प्रथम पुरस्कार पाएको थियो । प्रत्येक बर्ष संघीय कृषि मन्त्रालयले अक्टोवर १६ अर्थात विश्व खाद्य दिवसको अवसरमा नेपालभरिका कृषि थोक बजारहरुलाई..

चियाको आम्दानीमा १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची
४ कार्तिक, इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७६÷७७ को (श्रावण–भाद्र)मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (श्रावण–भाद्र)मा रु एक..

भारतीय बजारमा कुखुरा चल्ला माग भएपछि चितवनका व्यवसायीलाई राहत
३ कार्तिक, चितवन । भारतीय बजारमा कुखुराका चल्ला माग भएपछि चितवनका ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले चितवनका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार सातामा दुई लाख ५० हजार हाराहारीमा चल्ला भारत लान थालिएको..

कानुन मन्त्री कार्कीद्धारा मेचीनगरमा सिंचाई नहरको शिलान्यास
१८ असोज, झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले झापाको मेचीनगर ७ स्थित पालिया पूर्व सिंचाई आयोजना शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश–१ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालन हुने आयोजनाको आज एक कार्यक्रमका बिच मन्त्री कार्कीले शिलान्यास गर्नुभएको हो । आयोजना निर्माणको जिम्मा काठमाण्डौंस्थित देव एण्ड सायर निर्माण कम्पनीले लिएको छ । २ बर्ष भित्रका निर्माण सम्पन्न गर्ने गरी..

इलामको माईजोगमाईमा आलु भण्डारण केन्द्रको उद्घाटन
१६ असोज, इलाम । इलामको माईजोगमाई गाउँपालिका–१ मा रहेको कालिका कृषि सहकारी संस्थाको आलु भण्डारण (रष्ट्रिक स्टोर)को उदघाटन भएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीको २० लाख रुपैँया लागतमा आलु भण्डार निर्माण भएको हो । बिहिवार एक कार्यक्रमबाट बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले रष्ट्रीक स्टोरको उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा आलु अनुसन्धान केन्द्रका प्रमुख गणेश खत्री र वडा नं १ का वडाध्यक्ष यामबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । रष्ट्रिक..

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था ल्याउँदैछः मन्त्री भुसाल
७ असोज, झापा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने..

एक सय ५७ बर्ष पछि नेपाली चियाको आफ्नै ‘लोगो’
७ असोज, इलाम । कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसालले चियाको आफ्नो लोगो (टेड्रमार्क) कार्यान्वयसंगै नेपालको कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनुभएको छ । नेपाल सरकारले जारी गरेको चियाको लोगो बितरण गर्दै मन्त्री भूषालले बिभिन्न समस्याका बीच नेपालमै पहिलो पटक नेपाली चियाको लोगो कार्यान्यवयमा आए पछि कृषि क्षेत्रमा समृद्धिको ढोका खुलेको बताउनुभएको हो । नेपाली चिया रोपणको एक सय ५७ बर्ष पछि राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको आयोजनामा..

कृषिमन्त्री घनश्याम भुसाल भोलि झापा आउनुहुदैँ
४ असोज, काठमाण्डौँ । कृषिमन्त्री घनश्याम भुसाल भोलि झापा आउनुहुने भएको छ । इलाम र झापामा आयोजना गरिएका विभिन्नन कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल झापा आउन लाग्नुभएको हो । भोलि ३ बजे मन्त्री भुसाल चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुहुनेछ । लगत्तै झापाका सहकारीकर्मीसँग उहाँले छलफल गर्ने कार्यक्रम छ । नेपाली चियाको लोगो सार्वजनिक गर्ने मुख्य कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल पर्सि इलाम पुग्ने कार्यक्रम रहेको नेकपा झापाका प्रचार विभाग उपप्रमुख सन्तोष..

चिया किसानलाई न्यूनतम मूल्य दिलाउने सूर्याेदय नगरको प्रतिबद्धता
३१ भाद्र, इलाम । हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका इलामका किसानलाई सूर्याेदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । हालसम्म नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् । उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा..

विज्ञहरु भन्छन्ः नेपालमै दैनिक २७५ टन युरिया मल उत्पादन गर्न सकिन्छ
२३ भाद्र, काठमाण्डौँ । देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ ठूला नेपाली सिमेन्ट कारखानाबाट निस्किने कालो धुवाँ र स्वदेशी बिजुलीबाटै नेपाललाई पुग्ने युरिया मल उत्पादन गर्न सकिने दाबी..