इलामको माईजोगमाईमा आलु भण्डारण केन्द्रको उद्घाटन

इलामको माईजोगमाईमा आलु भण्डारण केन्द्रको उद्घाटन


१६ असोज, इलाम । इलामको माईजोगमाई गाउँपालिका–१ मा रहेको कालिका कृषि सहकारी संस्थाको आलु भण्डारण (रष्ट्रिक स्टोर)को उदघाटन भएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीको २० लाख रुपैँया लागतमा आलु भण्डार निर्माण भएको हो । बिहिवार एक कार्यक्रमबाट बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले रष्ट्रीक स्टोरको उद्धघाटन गर्नुभएको हो ।

कार्यक्रममा आलु अनुसन्धान केन्द्रका प्रमुख गणेश खत्री र वडा नं १ का वडाध्यक्ष यामबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

रष्ट्रिक स्टोरमा एक सय टनसम्म आलु भण्डारण गर्न सकिने गाउँपालिका अध्यक्षका स्वकीय सचिव सन्जिव थार्मीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसंग समवन्य गरी अघि बढिरहेको बताउनुभयो ।

 

उनले सहकारीताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताए । चिसो हावापानी, घमाइलो, मलिलो माटो भएकाले पनि माईजोगमाई गाउँपालिकालाई आलु खेतीका लागि राम्रो ठाउँ मानिएको छ । आलु अनुसन्धान केन्द्र पुर्नस्थापना भएपछि हाल गाउँपालिका क्षेत्रका धेरै जसो किसान आलु खेतीमा आकर्षित भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर