कृषिमन्त्री घनश्याम भुसाल भोलि झापा आउनुहुदैँ

कृषिमन्त्री घनश्याम भुसाल भोलि झापा आउनुहुदैँ

४ असोज, काठमाण्डौँ । कृषिमन्त्री घनश्याम भुसाल भोलि झापा आउनुहुने भएको छ । इलाम र झापामा आयोजना गरिएका विभिन्नन कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल झापा आउन लाग्नुभएको हो ।

भोलि ३ बजे मन्त्री भुसाल चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुहुनेछ । लगत्तै झापाका सहकारीकर्मीसँग उहाँले छलफल गर्ने कार्यक्रम छ ।

नेपाली चियाको लोगो सार्वजनिक गर्ने मुख्य कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल पर्सि इलाम पुग्ने कार्यक्रम रहेको नेकपा झापाका प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

इलामको कार्यक्रम सकेर मन्त्री भुसाल झापा फर्किनुहुनेछ । उहाँले पर्सीकै दिन झापामा नेकपाका कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर