भारतीय बजारमा कुखुरा चल्ला माग भएपछि चितवनका व्यवसायीलाई राहत

भारतीय बजारमा कुखुरा चल्ला माग भएपछि चितवनका व्यवसायीलाई राहत


३ कार्तिक, चितवन । भारतीय बजारमा कुखुराका चल्ला माग भएपछि चितवनका ह्याचरी व्यवसायीलाई राहत मिलेको छ ।

अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले चितवनका चल्ला भारत पठाउन थालेका हुन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार सातामा दुई लाख ५० हजार हाराहारीमा चल्ला भारत लान थालिएको छ । नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्री गर्ने गरेका छन् । ती चल्ला सप्लायर्समार्फत भारतमा पुग्दा भारु ५० सम्म पर्छ ।

पोख्रेलका अनुसार सातामा ३५ लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ । मासुको मूल्य नपाएपछि साना कृषकले नोक्सानी व्यहोर्नु परेको छ । घाटा खानु परेपछि कृषक चल्ला राख्न उत्साहित छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर