सन्दकपुर गाउँपालिका–२ मा ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको कार्यक्रमबाट तालिम संचालन गरिएको थियो। वडा नं २ को आयोजनामा सुरु भएको तालिम आगामी सनिबार सम्पन्न भएको हो । तालिमलाई माउन्टेन एकाडेमीको प्राविधिक सहयोग र सन्दकपुर हिल्स ट्राभल्स एड रिसर्च सेन्टर प्रा लि र ट्रेक ८५८६ को समन्वय रहेको थियो । “कृषि, पशुपालन,जडिबुटी, प्राकृतिक श्रोत र जातजातिको सस्कृति, पर्यटनको..

किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम

२४ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख..

असारको तस्रो हप्तासम्म ३९ प्रतिशत मात्र धान रोपाइँ

२४ असार, झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६..

वर्षाले ढुवानी अवरोध हुँदा उपत्यकामा तरकारीको मूल्य बढ्यो

२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि काठमाण्डौँ उपत्यकामा तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आज गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ । समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो भान्टा ५२ प्रतिशत, घिउ सिमी २२, तितेकरेला ६९, लौका ६६, परवर २८ प्रतिशतले बढेको छ..

हानिकारक रसायन हालिएको आँप बरामत, ५७ क्विन्टल नष्ट गरियो

कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री(वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल(पसलमा बिक्री भइरहेको छ। खुलमखुल्ला प्रतिबन्धित रसायन हालेर पकाइएका आँप बिक्री(वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ। कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठूलो परिमाणका हानिकारक रसायन प्रयोग भएको आँप बरामद गरेको छ। महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी..

ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण

१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं. ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातको प्रजनन योग्य पाठी र छ वटा उन्नत जातको बोका वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं. वडा..

झापा कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते।

झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । शनिबार बेलुका कचनकवल गाउँपालिका–४खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएका छन् कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३०..

भूमिमन्त्री अधिकारीलाई हिम्मतिलो हुन ज्ञानेन्द्रको सुझाव

३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको..

बिर्तामोड नगरपालिकाद्वरा महिला कृषकहरुलाई बाख्रा वितरण

२९ जेठ, झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन–तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम..

धान नबिकेपछि झापा कचनकवलका किसान चिन्तित

२९ जेठ, झापा । चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए। ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ।’..