कृषि

सुनसरी वर्जुका किसानले पाए अनुदानमा उन्नजातको धानको विउँ
१५ जेष्ठ, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानहरुलाई उन्नत जातको धानको विउँ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । लकडाउनका कारण गाउँपालिका क्षेत्र भित्र रहेका किसानहरुको आर्थिक रुपमा टेवा पुगोस भनेर सो विउँ वितरण गरीएको वर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले बताउनुभयो । कोरोना भाइरसका कारण विश्वभरीको अर्थतन्त्र नै धरासायी भएको अवस्थामा कृषि पेशा मात्र सुरक्षित देखिएकोले किसानहरुका लागि विउँ वितरण गरिएको बताईएको छ । यस कार्यक्रमले खाद्यान्न..

इलामका किसानले लगाएको मकैमा फैजी किराको प्रकोप, किसान चिन्तित
२८ वैशाख, इलाम । इलामका कृषकले लगाएको मकैबालीमा फौजीकिराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको चुलाचुली, माङ्सेवुङ तथा फाकफोेकथुम गाँउपालिकाका केही वडाहरुमा फैजी किराको प्रकोप देखिन थालेको हो । इलामका यि स्थानियतहहरुमा विशेषगरी अहिले मकैवाली लगाउने गरिन्छ । तर अमेरिकन जातका फौजीकिराले घोगा लाग्ने बेला भएका मकैलाई सखाप पारिदिएको छ । ‘घोगा लाग्ने बेला भएको मकैको गुबो नै फैजि किराले खाईदिदा यसपाली दुःख मात्र भएको छ ।’..

कमलका कृषकहरु सूर्यमुखी खेतीतर्फ आकर्षित हुँदै
११ वैशाख, झापा । झापा कमल गाँउपालिकाका कृषकहरु सूर्यमुखी फूल खेतीतर्फ आकर्षित भएका छन् । तेलहनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रोत्साहन दिन थालेपछि कृषकहरु यसको खेती तर्फ आकर्षित भएका हुन् । गत वर्षदेखि गाउँपालिकाले पालिकालाई तेलहनमा आत्मनिर्भर बनाउन बीउविजन अनुदानमा वितरण गर्न थालेको थियो । यसका साथै प्राविधिकरूपमा सहयोग गर्न थालेपछि कृषकहरुले सूर्यमुखी फूलको व्यावसायिक खेती गर्न थालेका हुन् । यसअघि तेलहनका लागि तोरीको खेती गरिँदै आए पनि पछिल्लो समय भने..

झापामा मलको अभाव, उत्पादन घट्न सक्ने भन्दै किसान चिन्तित
८ बैशाख, झापा । यो बर्ष झापामा युरिया मलको अभाव देखिएको छ । मल सहज रुपमा उपलब्ध नहुदा नसक्दा चैते धान र मकैको उत्पादनमा कमि आउन सक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् । चैत्र पहिलो साता सम्ममा रोपिएको उन्नत जातको मकै र चैते धानमा यतिबेला युरिया मल लगाउनु पर्ने बेला हो । तर मल नै नपाएको किसानहरु गुनासो छ । कम्पनीले मल पर्याप्त मात्रामा उपलब्ध नगराउदाँ पछिल्ला दिनमा मलको अभाव..

हावाहुरीका कारण हजार विघा भन्दा बढी क्षेत्रमा लागाईएको वालीमा क्षती, घरको छानो उडायो
६ बैशाख, जनकपुरधाम । गएराति आएको हावाहुरीले प्रदेश नं.२ का आठवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले गर्दा हजारौं बिघामा लगाइएको बालीमा क्षति पुगेको बताईएको छ । कतिपयका घर भत्किनुका साथै घरको छानो पनि उडाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी कृषिमा क्षति भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिनुभएको छ । अहिले आठवटै जिल्लाबाट वालीमा भएको क्षतिबारे तथ्यांक संकलन गर्ने कार्य जारी रहेको..

रतुवामाई वृक्षारोपण आयोजनाले निशुल्क टिक र मसलाका विरुवा वितरण गर्दै
२० फाल्गुन । झापाको एक मात्र सरकारी वन कमल रतुवामाई वृक्षारोपण आयोजनाले प्रभावित क्षेत्रका नागरिहरुलाई निशुल्क टिक र मसलाका विरुवा वितरण गर्ने भएको छ । रतुवामाई वृक्षारोपण आयोजना प्रभावित क्षेत्र झापाको कमल गाउँपालिका, झापाकै शिवसताक्षी नगरपालिका र इलामको चुलाचुली गाउँपालिकाका नागरिकहरुलाई सो विरुवा वितरण गरिने आयोजना प्रमुख खेमलाल बिश्वकर्माले बताउनुभयो । वन तथा वतावरण मन्त्रालयले २०७६ लाई वृक्षारोपण बर्ष घोषणा गरे अनुरुप आगामी जेठ महिनामा ति बिरुवा वितरण गरिने आयोजना..

कृषि प्रणालीमा यन्त्रिकरण गर्न शिवसताक्षी नगरले बाड्यो किसानलाई कृषि औजार
१६ माघ/शिवसताक्षी । कृषि प्रणालीमा प्रविधि र यन्त्रिकरण, खाद्यन्य तथा तरकारी आयतमा न्यनिकरण भन्ने मुल नारा सहित झापाको शिबसताक्षी नगरपालीकाले नगरका बिभिन्न कृषि शहकारी संस्था तथा कृषि समुहमा आबद्ध किसानहरुलाई कृषि औजार तथा उपकरण बितरण गरिएको छ । नगरले उपकरण दिएर मात्र भएन किसानले उत्पादन गरेको कृषि उपजलाई समेत बजारीकरणको ब्यबस्था पनि गर्नु पर्ने कृषकहरुको भनाई छ । शिबसताक्षी नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषकलाई कृषि औजार वितरण गरेको हो..