समाज

जीवन विकास स्वयमसेवक दिवसको अवसरमा पञ्चमी बजार सरसफाइ साथै डस्टबिन वितरण
८ बैशाख । जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ गर्नुका साथै डस्टबिन वितरण गरिएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखाको आयोजनामा पञ्चमी बजार सरसफाइ गरी बजारलाई डस्टबिन वितरण गरेको हो । शाखा प्रमुख नगेन्द्र कार्कीका अनुसार लगभग ६० जनाको उपस्थितिमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी डस्बिन वितरण गरेर बजार सरसफाइ गरेको हो । उनले संस्थाका विभिन्न अवसरहरुमा समाजसँग नजिक हुने कार्यहरु गर्ने बताए। कार्यक्रमका प्रमुख..

झापाको कचनकवलमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु, तीन गंभीर घाइते
८ बैशाख, झापा । झापाको कचनकवल–६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् । शुक्रवार राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल ४..

आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु
७ वैशाख । आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा..

रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ
७ वैशाख । रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् । प्रहरीले उनलाई आफ्नै १७ वर्षीया छोरी अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए । प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन..

जाजरकोट भूकम्प पीडित सहायता कोषमा ३६ करोड ३६ लाख जम्मा
६ बैशाख । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख ७७ हजार ११० रुपैयाँ जम्मा भएको छ । ०८० कार्तिक १८ गतेदेखि हालसम्म उक्त रकम कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितलाई सहायता उपलब्ध गराउन कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार..

मेचीनगरमा मृत भेटिएको हात्तीलाई गोली हानेर मारेको पुष्टि
६ बैशाख । झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो । मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो । अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए..

आजदेखि भिटामिन ए खुवाइँदै
६ वैशाख । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
६ वैशाख, जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३..

मेचीनगरमा दारा काटिएको अवस्थामा जंगली हात्ती मृत फेला
५ बैशाख, झापा । झापाको मेचीनगरमा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो वन प्रमुख राईका अनुसार हात्तीको अवस्था हेर्दा हात्तीको मृत्यु..

वैशाख ६ र ७ गते ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन हुँदै
४ बैशाख । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्नेभएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । उहाँले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका..