मेचीनगरमा दारा काटिएको अवस्थामा जंगली हात्ती मृत फेला

मेचीनगरमा दारा काटिएको अवस्थामा जंगली हात्ती मृत फेला


५ बैशाख, झापा । झापाको मेचीनगरमा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो

वन प्रमुख राईका अनुसार हात्तीको अवस्था हेर्दा हात्तीको मृत्यु भएको अन्दाजी ३० घण्टा भएको छ । उहाँले घटनाको विस्तृत विवरण भोलि पोस्टमार्टम गरेपछि मात्र खुल्ने बताउनुभयो ।

मृत भेटिएको हात्तीको नजिकै अर्काे हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न नसकेको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर