जीवन विकास स्वयमसेवक दिवसको अवसरमा पञ्चमी बजार सरसफाइ साथै डस्टबिन वितरण

जीवन विकास स्वयमसेवक दिवसको अवसरमा पञ्चमी बजार सरसफाइ साथै डस्टबिन वितरण

८ बैशाख । जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ गर्नुका साथै डस्टबिन वितरण गरिएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखाको आयोजनामा पञ्चमी बजार सरसफाइ गरी बजारलाई डस्टबिन वितरण गरेको हो ।

शाखा प्रमुख नगेन्द्र कार्कीका अनुसार लगभग ६० जनाको उपस्थितिमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी डस्बिन वितरण गरेर बजार सरसफाइ गरेको हो । उनले संस्थाका विभिन्न अवसरहरुमा समाजसँग नजिक हुने कार्यहरु गर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थानीय सरकार र लघुवित्त वित्तीय संस्था अझ धेरै समन्वयकारी भूमिकामा रहनु पर्ने बताए । उनका अनुसार समाजप्रतिको सकारात्मक कार्यहरुमा स्थानीय सरकार सदैव सहयोगी बन्नेछ ।

कार्यक्रममा माङसेबुङ ३ वडाअध्यक्ष प्रदिप साङपाङ, बाँझो स्वस्थ चौकी प्रमुख दोमन्ता धमला, चिसापानी पञ्चमी बजार व्यवस्थापन समिति उपाध्यक्ष मोहन चाम्लिङ, नव प्रतिभा एकेडेमी व्यवस्थापन समिति अध्यक्ष कल्पना बानु राई, शिक्षक रुपेश राई, नमुना टोल विकास समिति उपाध्यक्ष पवित्रा राई, आयोजक संस्थाका शाखा कर्मचारी युगल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

देशभरीका १६० वटा शाखाहरु, जिल्ला, प्रदेश तथा केन्द्रीय कार्यलयहरुमा विभिन्न सामाजिक कार्य तथा कार्यक्रम गरी स्वयमसेवक दिवस मनाएको थियो ।

-सजन राई 

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270