झापाको कचनकवलमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु, तीन गंभीर घाइते

झापाको कचनकवलमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु, तीन गंभीर घाइते

८  बैशाख, झापा । झापाको कचनकवल–६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् ।

शुक्रवार राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए ।

दुर्घटनामा बीआर ३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल ४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ४ बस्ने १४ वर्षीय संदिप माझी गंभीर घाइते भएका छन् । उनलाई ओमसाई पाथीभरा हस्पिटलबाट बीएण्डसी हस्पिटल लगिएको छ ।

त्यस्तै मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नं ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।

उनीहरुको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270