रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

७ वैशाख । रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् ।

प्रहरीले उनलाई आफ्नै १७ वर्षीया छोरी अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ ।

बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।

प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर