धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन

२४ साउन, धरान । धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ । धरानमा क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा आज उपमहानगर कार्यालय घेराउ गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ । मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । मनोमानी..

यायोक्खाद्धारा झापाका पत्रकार खम्बू पुरस्कृत

२४ साउन, झापा । किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाले स्थापना गरेको इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट अर्जुनधारा–७ निवासी पत्रकार अमित खम्बू पुरस्कृत भएका छन् । यायोक्खाको ३७ औं स्थापना दिवसको अवसरमा झापाको दमकमा बुधबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार खम्बूलाई सम्मान पत्रसहित नगद पुरस्कार १० हजार ३७ रुपैयाँसहित पुरस्कृत गरिएको थियो । प्रत्येक दुई वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यस अघि पत्रकारहरु दिपीन राई, रमेश समदर्शी, अनिलदेव..

सुतेकै ठाउँमा सर्पले डस्दा झापमा एकको मृत्यु

२४ साउन, झापा । विषालु सर्पले डस्दा झापाको मेचीनगरमा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि अस्पताल र्पुयाउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालय झापा उत्कृष्ट १७ औं स्थानमा

२४ साउन, झापा । जिल्ला प्रशासन कार्यालय झापाले कार्यसम्पादनमा ९५.२५ अंक प्राप्त गरेको छ । उक्त प्राप्ताङ्क अनुसार झापा उत्कृष्ट १७ औं स्थानमा रहेको छ । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०–८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् । कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम..

टीआरसी विधेयकको प्रतिवेदन तयार

२४ साउन, काठमाण्डौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको प्रतिवेदन तयार भएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । विधेयकका विवादित विषयमा सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो । आज समितिमा विधेयकलाई निष्कर्षमा र्पुयाउनका लागि छलफल भइरहेको छ । विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा यसअघि कार्यदलले..

समग्र हवाई सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने उड्डयनमन्त्री पाण्डेको भनाई

२४ साउन, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताएका हुन् । हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताउँदै उनले भने,..

झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण भएनन्

२३ साउन, झापा । झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ । झापा जिल्लामा हालसम्म साना ठुला गरी कुल ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर नियमित नवीकरणका लागि भने हालसम्म ३१३ जना मात्रै जिल्ला प्रशासन कार्यालयमा आएको देखिएको छ । बाकीले भने हालसम्म पनि हतियार नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपालले..

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद

२३ साउन, झापा । झापामा भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो । बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो । यसैगरी अर्काे..

इलाम र देउमाई जोड्ने झोलुंगे पुल हेर्न आउनेको घुइँचो

२३ साउन, इलाम । इलाम र देउमाई नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुंगे पुल निर्माण नसकिँदै हेर्न आउनेको घुइँचो लाग्नथालेको छ । इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ वडाबीच पुवाखोलामाथि बनेको यो झोलुंगे पुल तीन सय ६६ मिटर लम्बाईको छ । खोलाभन्दा करिब डेढ सय मिटर उचाईमा रहेको पुल आफैंमा पर्यटकीय भएकाले हेर्न आउनेको भिड लागेको हो । दैनिक सयौं मानिस पुल हेर्न र वारिपारि गर्न आउनेगरेको स्थानीय बुद्धिमान राईले जानकारी दिए ।..

नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलः एआइजी ज्ञवालीमाथि कारवाही हुँदै

२३ साउन, काठमाण्डौँ । नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलमा लागेका एआइजी श्याम ज्ञवालीमाथि कसुरदारसँग करोडौँ लेनदेन र पदीय दुरुपयोगका पर्याप्त प्रमाण भेटिएपछि कारबाही निश्चित भएको छ । एआइजी टेकप्रसाद राई नेतृत्वमा गठित छानबिन समितिमा पीडितहरूबाट प्रमाणहरू समेत पेश भएको स्रोतले जनाएको छ । छानबिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्नेछ । मंगलवारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको..