स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न कार्यविधि स्वीकृत

भाद्र २, काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले गएको साउन ३० मा कार्यविधि स्वीकृत गरेको हो । विनियोजन विधेयकअनुसार कार्यविधि ल्याइएकाले स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न हरेक वर्ष कार्यविधि स्वीकृत गर्नुपर्ने व्यवस्था छ । कार्यविधि स्वीकृत भइसकेकाले चालु आर्थिक वर्षका लागि पनि कर्जा प्रवाहका लागि छिट्टै प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ । गत वर्ष भौतिक रूपमै उपस्थित भएर आवेदन दिनुपर्ने व्यवस्था..

तेस्रो लिङ्गीको नाममा चन्दा आतङ्क

२ भदौ, झापा । झापामा तेस्रो लिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका सम्वेदनशील अंग देखाउने कार्यले स्थानीय आतङ्कित बनेका छन् । तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । शुक्रबार साँझ बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरूले जबर्जस्ती रकम असुल्न खोजेका थिए । पाँच हजार सहयोग मागेकोमा आफूहरूले त्यति दिन नसक्ने बताएपछि तथानाम..

परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै

२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आरजु नयाँदिल्ली जान लागेकी हुन् । भारतमा रहँदा उनले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । विदेशमन्त्री..

बैठकमा प्रचण्ड र जनार्दन शर्मा आमनेसामने

१ भदौ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पार्टीका उपमहासचिव जनार्दन शर्मासँग लामो समयदेखि संगत गरेको भन्दै दुवै नेताको स्वभावक कहिलेकाहीँ अगुल्टो ठोस्सिएझैं ठोसिने गरेको स्पष्ट पारेका छन् । रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘कमरेड प्रभाकरसँग मेरो सम्बन्धको कुरा गर्दा उहाँसँग भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रुपले सँगै छौं..

नेपालमा हेरिने टप १० टेलिसिरियल

१ भदौ, काठमाण्डौँ । कुनै समय थियो, परिवारका सदस्यहरु एकसाथ नेपाली सिरियल हेर्ने गर्थे । त्यो समय सबैको हातमा मोबाइल हुँदैन थियो । इन्टरनेटको पहुँच अहिले जस्तो थिएन । नेटवर्कको समस्याका कारण टीभी झ्यारझ्यार नै आए तापनि एन्टिना घुमाउँदै मेरी बाँस्सै, तीतोसत्य, मदनबहादुर-हरिबहादुर आदि सिरियलले धेरैको दिनभरिको थकान मेटाउँथ्यो । तर समयसँगै माहोल बदलियो । प्रविधिको द्रुत विकास भयो । हरेकको हातमा मोबाइल फोनको पहुँच भयो । हरेकको घरमा ल्यापटप, कम्प्युटर..

बेलबारीमा जंगली हात्तीको छावा मृत फेला

२९ साउन, मोरङ । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा  (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१०..

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

२९ साउन, झापा । झापामा भूमिगत जलसिँचाइ आयोजनाबाट सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०–८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर किसानको जमिनमा सिंचाईको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय..

कोशीको प्रदेशसभा बैठक एक महिना देखी अनिश्चित

२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । १ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्काे सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण..

इलाम घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

२८ साउन, इलाम । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०।८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना..

झापामा रैथाने हात्तीको सङ्ख्यामा वृद्धि

२८ साउन, झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालमा १०–१२सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ । “भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “आहाराकै..