झापामा बैकिङ कसुरको मुद्दा बढ्यो

२८ साउन, झापा । झापामा बैकिङ कसुरका मुद्दा बढेको छ । बैकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता हुने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा बढ्दै गएको प्रहरीले जनाएको छ । झापामा पछिल्लो तीन वर्षमा बैकिङ..

खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगर पछि हट्यो

२८ साउन, काठमाण्डौँ । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए..

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

२५ साउन, विराटनगर । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

माछा पालनमा झापाका किसानहरुको आकर्षण

२५ साउन, झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको हो । आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभरी नौ सय ७६ घरपरिवारले माछा पालन गरेका थिए । सो तथ्यांक आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा बढेर नौ सय ८१ पुगेको छ । झापामा चालू आर्थिक वर्षमा पाँच जना माछापालक किसान बढेको तथ्यांकले देखाएको छ ।..

इलामका दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र

२५ साउन, इलाम । इलामका दुई सामुदायिक वनलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिका–३, पाटेनागीका पुवामाई र कालपोखरी थामडाँडा सामुदायिक वनलाई लोपोन्मुख रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको हो । यो क्षेत्र इलाम नगरको एक मुख्य पर्यटकीयस्थल पनि हो । नगरकै अग्लो भू–भाग (तीन हजार ४२ मिटर उचाई)का रूपमा रहेको पाटेनागी लेकाली भेगमा पर्ने भएकाले यहाँबाट मनमोहक दृश्य हेर्न पर्यटकको बाक्लो उपस्थिति हुनेगरेको छ । यही क्षेत्रका दुई..

आज नागपञ्चमी पर्व, नागको पूजार्चना गरी मनाइँदै

२५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको..

काँचो स्याउ सङ्कलन गरेको गोदाममा ताला लाग्यो

२५ साउन, जुम्ला । तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उनले बताइन्..

दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

२५ साउन, काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका अन्यमा..

सुर्खेत उडान गर्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो

२५ साउन, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्। “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको..

भलिबल खेलाडीको तलव ५ हजार, त्यो पनि चन्दा उएर !

२४ साउन, काठमाण्डौँ । काभा वुमन्स नेसन्स लिगको फाइनलमा नेपाल र भारतको खेल्दा बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा जति दर्शक थिए, बाहिर त्यति नै थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतका नेताहरु पनि दर्शक दीर्घामा थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने तयारी थियो, तर मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेकाले अन्तिम समयमा गएनन् । भलिबल नेपालको राष्ट्रिय खेल हो,..