२४ साउन, झापा । विषालु सर्पले डस्दा झापाको मेचीनगरमा एक जना युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि अस्पताल र्पुयाउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।