समाज

उदयपुर जिल्लालाई पुर्ण रुपमा सिल गर्ने प्रदेश–१ सरकारको निर्णय
९ बैशाख, विराटनगर । प्रदेश नं. १ सरकारले उदयपुर जिल्लालाई पुर्ण रुपले सिल गर्ने निर्णय गरेको छ । एकैदिनमा उदयपुरका ९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेलापरेपछि प्रदेश सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको हो । जिल्लामा आवतजावत पुर्ण रुपले बन्द गर्ने प्रदेश सरकारले निर्णय गरेको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका बताउनुभयो । “जिल्लाबाट अन्य ठाउँमा संक्रमण नफैलियोस् भनेर सिल गर्ने निर्णय भएको हो ।”..

सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नियन्त्रणमा
९ वैशाख, सुनसरी । सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । तरहरा प्रहरी चौकीका अनुसार तरहराको चारकोशे झाडी क्षेत्रमा गए राती ११ जना भारतीय नागरिक पैदल हिडी रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । फेला परेका मानिसहरु सबै भारतका मुस्लिम समुदाय रहेको र तरहराको खोटो कम्पनी छेउमा करीब एक महिनादेखि बस्दै आएका प्रहरीले जनाएको छ । उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको छ । उनीहरुको..

लकडाउनको मौका पारेर काठ तस्करी गर्ने ३ जना पक्राउ
९ वैशाख, सुनसरी । सुनसरीको रामधुनी वनमा लकडाउनको मैका परेर काठ तस्करी गर्ने ३ जना पक्राउ परेका छन् । लकडाउनको समय पारेर तस्करी गरीरहेका उनिहरुलाई रामधुनी नगरपालिका–६ बहत्तरबिघाको राष्ट्रिय वनबाट सालको ९ थान गोलिया सहित पक्राउ गरिएको हो । उक्त काठको बजार मूल्य ४ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । उनीहरूले को २ त ९९९० नम्बरको ट्याक्टरमा लोड गरेर काठ लादै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ..

भारतबाट हिँड्दै आएका सुनसरीका ८ जना नियन्त्रणमा, स्वास्थ्य जाचकालागि विराटनगर लाने तयारी
९ वैशाख, सुसरी । भारतको अररियाबाट हिँड्दै आएका सुनसरीका ८ जनालाई प्रहरीले बर्जु गाउपालिकाको अमडुवा सिमा क्षेत्रबाट गएराती नियन्त्रणमा लिएको छ । सुनसरीको दुहवी नगरपालिका वडा नं. १२ घर भएका ति ८ जना लामो समय देखि भारतको अररीया क्षेत्रमा लकडाउनका कारण रोकिएका थिए । लामो समयसम्म पनि लकडाउन नहटेपछि उनिहरु हिड्दै घर आउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ८ जना मध्ये ६ जना महिला र २ जना..

भारतसंग सिमा जोडिएको प्रदेश–१ का सीमा क्षेत्रमा १ हजार ९४६ प्रहरी परिचालन
९ वैशाख, सुनसरी । प्रदेश प्रहरी कार्यलय प्रदेश नं. १ ले भारत संग सिमा जोडिएको प्रदेशको २ सय ९६ किलोमिटर सीमा क्षेत्रमा कडाई गरेको छ । सयका साथै प्रदेशमा रहेका ४ सय ६० मस्जिद र मदरसाहरूमा निगरानी बढाइएको बताएको छ । प्रदेश नं. १ को भारतसँग सिमाना जोडिएको क्षेत्रहरुमा १ हजार ९ सय ४६ जना सशस्त्र जवान र जनपथ प्रहरी परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको..

उद्योग वाणिज्य संघ र घरेलुले दियो दुहबी नगरपालिको राहत कोषमा आर्थिक र खाद्यान्न सहयोग
८ बैशाख, सुनसरी । दुहवी उद्योग वाणिज्य संघले दुहबी नगरपालिको राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नगर प्रमुख बेदनारायण गच्छदारलाई संघले रु ५१ हजार बराबरको चेक हस्तान्तरण गरेको हो । हाल विश्वमहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण न्यूनिकरणका लागी जारी गरिएको लकडाउनको कारण विपन्न बर्ग समस्यामा परेको हुँनाले राहत स्वरुप नगरको कोषका लागि सो रकम सहयोग गरीएकोे उद्योग वाणिज्य संघ दुहवीका अध्यक्ष सुनिल शाहले..

इलामका १० स्थानिय तहमा थप ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणकालागि पहल सुरु
८ बैशाख, इलाम । प्रदेश नम्वर एकमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला पर्न थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल सुरु भएको छ । जिल्लामा रहेका १० वटा स्थानिय तहहरुमा ८ सय ८० बेड क्षमताको क्वारेन्टाईन निर्माणका लागि पहल सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन समितिको बैठकले स्थानिय तहहरुलाई थप क्वारेन्टाइन निर्माण गर्न तथा बेडको क्षमता बढाउन निर्देशन दिएको छ । जस..

माई नगरपालिकाका १ हजार ९४१ बिपन्न परिवारलाई राहत वितरण
८ बैशाख, इलाम । इलामको माई नगरपालिकाले १ हजार ९ सय ४१ बिपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । विश्वमहामारीको रुपमा फैलिरहेको कारोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारणमा समस्यामा परेका नागरीकहरुलाई नगरपालिकाले राहत वितरण गरेको हो । नेपाल सरकारले राहात सम्बन्धि जारी गरेको मापदण्ड २०७६ अनुसार नगर भित्रका दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने बिपन्न, अपाङ्गता भएका तथा असंगठित मजदुरहरुलाई पहिलो चरणमा राहत बितरण..

घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
८ बैशाख, झापा । झापाको शिवसताक्षी नगरपालिकाले जनप्रतिनिधिहरुको सक्रयतामा वृद्धवृद्धालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउन योग्य वडा बासीलाई लकडाउनको बेला घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको वडा नं. ६ का वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । रोजगारीमा रहेका छोरा छोरीले लकडाउनको बेला घर खर्च पठाउन नपाईरहेको बेला बृद्धबृद्धाले राहत महसुस गरेका छन् । वडाअध्यक्ष लगायतको टोलीले घरैमा आएर..

काठमाडाै महानगरले बिदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट सुरु गर्दै
काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड डाइग्नेाष्टिक टेष्ट थालेको छ । काेराेना संक्रमणकाे जाेखिम बढेपछि विभिन्न मुलुकबाट आएर महानगरपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको हाे छ । विदेशबाट आएका व्यक्ति भन्ने बित्तिकै त्रास फैलिरहेकाेले परीक्षण गर्ने सुरु गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने..