लकडाउनको मौका पारेर काठ तस्करी गर्ने ३ जना पक्राउ

लकडाउनको मौका पारेर काठ तस्करी गर्ने ३ जना पक्राउ

९ वैशाख, सुनसरी । सुनसरीको रामधुनी वनमा लकडाउनको मैका परेर काठ तस्करी गर्ने ३ जना पक्राउ परेका छन् । लकडाउनको समय पारेर तस्करी गरीरहेका उनिहरुलाई रामधुनी नगरपालिका–६ बहत्तरबिघाको राष्ट्रिय वनबाट सालको ९ थान गोलिया सहित पक्राउ गरिएको हो । उक्त काठको बजार मूल्य ४ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले को २ त ९९९० नम्बरको ट्याक्टरमा लोड गरेर काठ लादै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रामधुनी–६ का केशव खड्का, अर्जुन लिम्बू र रोशन राई रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका गणपति कृष्ण ढकालले जानकारी दिनुभयो । उनिहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर