घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

८ बैशाख, झापा । झापाको शिवसताक्षी नगरपालिकाले जनप्रतिनिधिहरुको सक्रयतामा वृद्धवृद्धालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउन योग्य वडा बासीलाई लकडाउनको बेला घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको वडा नं. ६ का वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो ।

रोजगारीमा रहेका छोरा छोरीले लकडाउनको बेला घर खर्च पठाउन नपाईरहेको बेला बृद्धबृद्धाले राहत महसुस गरेका छन् । वडाअध्यक्ष लगायतको टोलीले घरैमा आएर भत्ता दिएपछी परिवारको आर्थिक समस्या तत्काललाई समाधन भएको ७९ वर्षीय वृद्ध केदार आचार्यले बताउनुभयो ।

यसअघि सामाजिक सुरक्षा भत्ता सर्वसाधरणले बैंकमा गएर घण्टौ लाइनमा बसेपछि मात्र पाउने गरेका थिए । प्रत्येक वडामा वडाध्यक्ष लगायतको टिमले घरैमा भत्ता वितरण गर्न सुरु गरेपछि वृद्धवृद्धाहरु खुसी भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर