समाज

पूर्वडीआईजी कोइरालाको मुद्धालाई लिएर सर्वाेच्चको फैसलाविरुद्ध सरकारी वकिल
८ श्रावण, काठमाण्डौँ । आफ्नै पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वाेच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वाेच्चमा निवेदन दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा आज नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वाेच्च अदालत जाने बताईएको छ । प्रधान यायाधीश चोलेन्द्र शमसेर जबरा..

झापाको भद्रपुरमा तीन बालकको डुबेर मृत्यु
८ श्रावण, झापा । झापाको भद्रपुर नगरपालिकामा तीन जना बालकको डुबेर मृत्यु भएको छ । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षिय छोरा अङ्कुश तामाङ, साबिक गरामनि गा.वि.स. हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४..

झापामा पहिरोले घर पुर्दा एक वालकको मृत्यु, तीन जना घाईते
७ श्रावण, झापा । झापाको बुद्धशान्ति–७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । गएराति करीव १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाहुना आएका मेचीनगर–९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो । अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका..

विदेशी रक्सी‘ब्राण्ड’ र लोकल रक्सी‘ब्याण्ड’ गर्दा अर्थतन्त्र कप्लक्कैः सांसद राई
७ श्रावण, काठमाण्डौँ । प्रदेश–१ की सांसद उषाकला राई अहिले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लाग्नुभएको छ । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उहाँले अभियान सुरु गर्नुभएको छ । सांसद् राई भन्नुहुन्छः ‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ, विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विना रोकावट चियर्स गर्ने, अनि आर्थिक उपार्जनका लागि हाम्रा आमाहरुले तयार पारेको लोकल रक्सी चाहिँ माटोमा खन्याइदिने ?’ सरकारले लोकल..

पूर्वसांसद बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
७ श्रावण, काठमाण्डौँ । पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको हो । अन्तिम श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा..

आज मध्यरातदेखि लकडाउन हट्यो, श्रावण १५ देखि होटल–रेस्टुरेन्ट खुला गर्ने सरकारको निर्णय
६ श्रावण, काठमाण्डौँ । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत्र ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाईने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो । लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको..

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आधा बजेट खर्च हुन सकेन
६ श्रावण, झापा । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले आ.व. २०७६/०७७ का लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । तीव्र गतिमा काम हुने समयमा विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनका कारण योजनाहरु प्रभावित भएकोले बजेट खर्च हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाले जनाएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा चार..

देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध
६ श्रावण, काठमाण्डौँ । गत आइतबार देखिको अविरल वर्षापछिको बाढीपहिरोले मुलुकभरका अधिकांश सडक अवरूद्ध भएका छन् । सडक विभागका अनुसार हाल देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध भएको छ । यस्तै पहिरोले अवरूद्ध भएका ३६ वटा सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् भने १३ वटा सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागको सम्भार महाशाखाले जनाएको छ । यता काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण..

पूर्वी पहाडका विद्युत उत्पादनमा समस्या
६ श्रावण, इलाम । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा भएर आएको भेलका कारण कतै विद्युत उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको..

माईखोलाको बाढीमा फसेका दुईको नेपाली सेनाद्धारा उद्धार
६ श्रावण, इलाम । गएराति माईखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको जनाएको छ । माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना..