निर्वाचनमा हुने खर्च रोक्नुपर्नेमा सांसदहरुको जोड

१२ श्रावण, काठमाण्डौँ । निर्वाचनको समयमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको निर्वाचन आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले निर्वाचनमा हुने अधिक खर्चले भ्रष्टाचार, अनियमितता र निष्ठाको राजनीतिमा समेत प्रश्न उठ्ने गरेको भन्दै आगामि निर्वाचनमा खर्च कम हुने प्रक्रिया अवलम्वन गर्नुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले यस अघिको निर्वाचनमा मतदाताको नामावली दोहोरिने, स्थानीय तहको निर्वाचनमा अधिकांश..

मेरुदण्ड भाँचिएर थलिएकी श्रेष्ठलाई आर्थिक सहयोग

१२ श्रावण, झापा । मेरुदण्डको हड्डी भाँचिएर घाइते भएकी सरस्वती श्रेष्ठलाई हिजो रु एक लाख ६५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । गोठला जाँदा भीरबाट लडेर थलिएकी श्रेष्ठको उपचारमा सहयोग पुरयाँउन सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिति उर्लाबारीले रु एक लाख ६५ हजार ३४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सामाजिक अभियन्ता सम्झना तामाङले वताउनुभयो । उनीसहित सञ्चारकर्मी महिमा लिम्वूको पहलमा विभिन्न देशमा रहेका नेपालीहरुबाट अभियानमार्फत सहयोग जुटाएका हुन् । विरामी..

पशुपतिनाथ मन्दिरको गुरुयोजनाः एक करोड पर्यटक भित्र्याउने लक्ष्य

१२ श्रावण, काठमाण्डौँ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले गत २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ । विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले..

काँकडभिट्टा नाकामा खटिएका १८ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

१० श्रावण, झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका थप १८ जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक जीवन चौलागाईले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकाहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गुल्म हेकुवा राजश्व तथा भन्सार..

नेपाल रेडक्रस सोसाईटीमाथि कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी

१० श्रावण, काठमाण्डौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रस सोसाईटीमाथि कावारही हुने अवस्था आएको भन्दै कारवाहीको चेतावनी दिनुभएको छ । नेपाल रेडक्रस सोसाईटीमाथि अर्बाैको चल–अचल सम्पत्ति हिनामिना गरेको आरोप लागिरहेका बेला मन्त्री गुरुङले नेपालको कानुनलाई नै चुनौति दिने काम गरेकाले रेडक्रसलाई कार्वाही गर्नैपर्ने अवस्था आएको पनि स्पष्ट पार्नुभएको हो । लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाले काठमाडौंमा आयोजना एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘नेपालको कानुन नमान्ने, पारदर्शी ढंगले..

डुवेर ज्यान गुमाएका झापाका तीन वालकको परिवारलाई १० लाखका दरले राहत दिईने

९ श्रावण, झापा । झापाको भद्रपुर नगरपालिका– २ कमलधापमा पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको शव पीडित पक्षले १० घण्टापछि बुझेका छन् । कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले खनेर छाडिएको पोखरीमा तीन जना बालकले एकै ठाउँमा ज्यान गुमाएको भन्दै पीडित पक्षले उचित न्यायसँगै राहतको माग राखेका थिए । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको लामो..

सीतापाइला एसिड प्रकरणः आक्रमणकारी भन्छन् ‘साहुको निर्देशनमा हाने !’

९ श्रावण, काठमाण्डौँ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना हिजो राति ११ बजे नै पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको..

न्यायाधीशमाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव

९ श्रावण, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । सर्वाेच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । ‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद..

कोशीले स्पर कटान थालेपछि नियन्त्रणको प्रयास जारी

८ श्रावण, सुनसरी । सप्तकोशी नदीले सुनसरीको वराहक्षेत्र नगरपालिका स्परमा कटान थालेपछि नियन्त्रणको प्रयास थालिएको छ । कोशीले बराहक्षेत्र नगरपालिका ६ मा पर्ने ठाकुरबारी क्षेत्रको १० नम्बर स्परमा कटान थालेको जिल्ला प्रसासन कार्यालय सुनसरीले जनाएको छ । सो क्षेत्रमा यतिबेला सुरक्षाकर्मी सहित स्थानीय र ठुलो संख्यामा कामदार खटिएका छन् । यसअघि पश्चिम तर्फ बहँदै आएको नदीको वपहाव परिवर्तन हुँदा स्पर नम्बर ९ र १० मा जोखिम बढेको सुनसरी प्रशासनले जनाएको..

विपद् रोक्नका लागि विकास नीति परिवर्तन गर्न आवश्यक छः गृहमन्त्री थापा

८ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भन्नुभयो–“विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद्..