डुवेर ज्यान गुमाएका झापाका तीन वालकको परिवारलाई १० लाखका दरले राहत दिईने

डुवेर ज्यान गुमाएका झापाका तीन वालकको परिवारलाई १० लाखका दरले राहत दिईने

९ श्रावण, झापा । झापाको भद्रपुर नगरपालिका– २ कमलधापमा पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको शव पीडित पक्षले १० घण्टापछि बुझेका छन् ।

कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले खनेर छाडिएको पोखरीमा तीन जना बालकले एकै ठाउँमा ज्यान गुमाएको भन्दै पीडित पक्षले उचित न्यायसँगै राहतको माग राखेका थिए ।

भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको लामो छलफल पश्चात पाँच बुँदे लिखित सम्झौतापछि परिवारजनले शव बुझेका हुन् ।

छलफल पश्चात भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाला पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको रुपैँयाका दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्ने, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माण स्थलमा सुरक्षाको व्यवस्था गर्ने, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज गर्ने र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहत उपलब्ध गराउने लगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सिमसार निर्माण स्थलको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, बिर्तामोड नगरपालिका ९ हालका दीपक थामीका दुई छोरा १४ वर्षका करण र ११ वर्षका अर्जुन थामीको मृत्यु भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर