समाज

पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्य छैनः पर्यटन मन्त्री भट्टराई
१७ श्रावण, काठमाण्डौँ । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गर्ने बताउनुभएको छ । उहाँले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने पनि स्पष्ट पार्नुभएको छ । सामाजिक सन्जाल ट्वीटरमार्फत मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ ।..

बकर–इदको अवसरमा नेकपा अध्यक्षद्धयको शुभकामना ‘मौलिकता अमुल्य पूँजी हो’
१७ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर–इदका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गर्नुभएको छ । नेपालमा..

रेल विभागद्धारा प्रभावित क्षेत्रका स्थानीयहरुसँग छलफल
१७ श्रावण, झापा । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निर्माण अगाडि बढाउने विषयमा रेल विभागले हिजो झापाको बिर्तामोडमा प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गरेको छ । स्थानीयसँग छलफल नै नगरी विभागले एकैचोटि लकडाउनको समयमा मुआब्जाका लागि सूचना जारी गरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरु आन्दोलीत भएका थिए । त्यसलाई सम्बोधन गर्न विभागीय टोलीले छलफल गरेको हो । टोलीले झापा, मोरङ र सुनसरीका प्रभावितसँग छलफल गरी कतिपय अन्योल टुङ्ग्याउन खोजिएको विभागका सिनियर डिभिजनल इञ्जिनियर..

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँँ वर्ष पुरा
१७ श्रावण, काठमाण्डौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६५औँँ वर्ष पुरा भएको छ । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका नागरीकमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त..

एक घण्टामै सामान घरमाः मोफसलमा आयो ‘सानो हाट’
१६ श्रावण, झापा । शिक्षा, स्वास्थ्य, पर्यटन, अनलाईन व्यापार जस्ता नेपालमा धेरै सम्भावना बोकेका व्यवसायहरुको व्यवसायीक थलोका रुपमा काठमाण्डौ उपत्यकाले स्वामित्व लिई सकेको छ । पछिल्लो समय उपत्यका बाहिर पनि केही छिटफुट मात्रामा त्यस्ता ब्यवसायिक कम्पनीहरु स्थापित हुन प्रयास गरिरहेका छन् । तर उनीहरुले स्थानीय मागलाई सम्बोधन गर्न भने सकिरहेका छैनन् । कोरोना भाईरस संक्रमणका कारण जारी लकडाउन केही साता अघि मात्र औपचारीक रुपमा हटेको छ । विस्तारै विस्तारै मानिसहरु..

निजि वनको रूख कृषि बाली सरह वेच्न पाउनुपर्ने निजि वन संघ इलामको माग
१६ श्रावण, इलाम । पारिवारिक निजि वन संघ जिल्ला शाखा इलामको आयोजनामा निजि वनको सम्भावना र चुनौतिको विषयमा आज देउमाई नगरपालिका–४ मंलवारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश–१ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ८० भन्दा धेरै पारिवारिक निजि वन किसानको सहभागितामा रहेको थियो । जिल्ला शाखाका इलाम अध्यक्ष रविन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक निजि वन किसानहरुले कृषि वालि सरह..

दुहवीमा बिहान ९ बजे देखि ४ बजे सम्म मात्र पसल खोल्न पाईने
१६ श्रावण, सुनसरी । दुहवी नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै भोलि शनिवार देखि लागु हुने गरी अत्यावश्यक पसल बाहेक अरू पसल बिहान ९ बजे देखि ४ बजे सम्म मात्र खोल्न पाईने भएको छ । दुहवी नगरपालिकामा आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा, दुहवीका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, दुहवी नगरपालिका स्वास्थ्य..

कोरोना भाईरसबाट थप ३ को मृत्यु, सङ्क्रमित सङ्ख्या १९ हजार ५४७ पुग्यो
१५ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा एक र पर्सामा दुई जनाको कोरोनाका कारण मृत्यु भएको आजको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । मृत्यु हुनेमा मोरङको सुनवर्सी—८ का ४५ वर्षीय पुरुष, यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्ध र वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय बृद्ध रहेका छन् । मृत्यु हुने तीनै जना..

झापाको मेचीनगरबाट चार लाख मूल्य बराबरको सुपारी बरामद
१५ श्रावण, झापा। झापाको मेचीनगर–४ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले ठूलो परिणममा सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट एक हजार चार सय ७० किलो सुपारी बरामद गरेको हो । दशगजा क्षेत्रमा लुकाइछिपाई राखेको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो । प्रहरीका अनुसार बरामद सुपारीको मूल्य चार लाख ४१ हजार रुपैयाँ..

तरकारीको मूल्यमा अचाक्ली बृद्धी, हप्ता दिनमै दोब्बर भाउ !
१५ श्रावण, काठमाण्डौँ । बन्दावन्दी खुलेसँगै राजधानीमा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य आकाशीएको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दा कोरोना महामारीबाट र बन्दावन्दीबाट रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारीको मुल्य आकाशीएपछि थप मारमा परेका छन् । कोरोना महामारी, लकडाउन, वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले तरकारीको मूल्य एक हप्ता दिनमै दोब्बर बढाएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा तरकारीको मूल्यमा विचौलिया र व्यापारीले मनलाग्दी गर्ने..