राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु

१७ पौष, काठमाण्डौँ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । आज अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि..

नेपाली गुप्तचर संयन्त्रद्धारा फोन–ट्यापिङको तयारी

१६ पौष, काठमाण्डौँ । नेपाली गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । कानुनी वैद्यता विनानै गुप्तचर विभागले फोन ट्यापिङ शुरु गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष मातहतमा रहेको विभागले कानुन नबन्दै फोन इन्सरसेप्सनको अन्तिम तयारी गरिरहेको प्रधानमन्त्री स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराउनुभएको थियो । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन..

याक्खा छुम्मा झापा अध्यक्षमा मच्छिन्द्र सर्वसम्मत चयन

१५ पौष, झापा । मच्छिन्द्रकुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ । किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो । निर्वाचन समितिका संयोजक कमन देवानले दिएको जानकारी अनुसार समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः टेकबहादुर देवान, टिकाराज देवान, राजेश देवान र विष्णु थायुम चयन भए । त्यस्तै सदस्यहरुमा..

संखुवासभामा विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान

१२ पौष, काठमाण्डौँ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर गोली चलाएका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला..

प्रधानन्यायधीश राणा इतिहासकै शक्तिशाली प्रधानन्यायाधीश बन्न सक्ने

८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि नेकपा र सुर्य चिन्ह कस्को भन्ने प्रश्न सुरु भएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउनुपर्ने भएको छ । नेकपा र सुर्य चिन्ह जसको हुँदैन नेकपाको त्यस समुहले अर्काे दल खोल्नुपर्ने हुन्छ । तर, यी सबै विषय सर्वाेच्च अदालतमा मुद्दाका रुपमा जाने निश्चितप्रायः छ । संसद बिघटनविरुद्ध दर्जन रिट अदालतमा पुगिसकेको छ । आज सर्वाेच्च अदालतले रिटमाथि सुनुवाई गरी..

बेलायतबाट नेपाल आउन रोक

७ पौष, काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ । कोरोना महामारीको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो । भोलि राति १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने जनाईएको छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

इलाममा बनेको शीतभण्डार प्रयोगविहिन

७ पौष, काठमाण्डौँ । इलाम नगरपालिकाले नौ वर्षअघि रु छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो । भण्डारण विना लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म पनि प्रयोगमा आएको छैन । भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक..

राष्ट्रपतिद्धारा संसद विघटनः ओलीलाई कारबाही गर्ने नेकपाको निर्णय

५ पौष, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।..

प्रधानमन्त्री ओलीद्धारा संसद विघटन गर्न सिफारिस

५ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आज विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि संसद विघटनको सिफारिस गर्नुभएको स्रोतले जनाएको छ । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि हिजो पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको थियो । यता नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस..

इलामका ६ हजार ५१५ घरपरिवारलाई लालपुर्जा वितरण गरिदैं

४ पौष, काठमाण्डौँ । प्रदेश–१ मा रहेका सुकुम्वासीलाइ प्रदेश सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार पाँच सय १५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश–१ सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेशका ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आयोगले..