समाज

एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने
१६ असार, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको बताईएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

शिक्षामन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले सुझाए ‘जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन’
१५ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराउनुभएको छ । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको तिव्र आलोचना भईरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भननुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई..

आज राष्ट्रिय धान दिवसः दही च्यूरा खाएर मनाइँदै
१५ असार, काठमाण्डौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानहरु दही च्यूरा खाँदा शक्ति प्राप्ति हुन्छ भन्ने मान्यता राख्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले..

रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
१३ असार, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यसै वर्ष सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । त्रिविको गत वर्ष भाद्र महिनामा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोरोना..

दमक नगरपालिकाको सञ्चारमैत्री बजेटः पत्रकारलाई बिमा देखी अवलोकन भ्रमणसम्म
१२ असार, झापा । दमक नगरपालिकाले नगर क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भइ संचालनमा रहेका संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको हो । यसैगरी पत्रकारिता प्रवद्र्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रुपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । साथै खोजमुलक पत्रकारिता प्रवद्र्धनका..

आज देशभरका धेरैजसो स्थानमा वर्षाको सम्भावना
११ असार, काठमाण्डौँ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २..

मन्त्रीहरुको जिम्मेवारी हेरफेरः एक मन्त्रीलाई पाँच मन्त्रालय
१० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । सर्वाेच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री कायम रहनुभएको थियो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ..

राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय
९ असार, काठमाण्डौँ । सरकारले मुलुकको आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान संञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान संञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्काे आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा..

के हो स्मार्ट लकडाउन ?
५ असार, काठमाण्डौँ । ‘स्मार्ट’ शब्द पछिल्लो समय सूचना–प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना–प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ? सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अथ्र्याउँनुहुन्छ । भनेको स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट..

झापामा निषेधाज्ञा सहज, जनजीवन सामान्य बन्दै
५ असार, झापा । झापामा कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको झापामा पनि निषेधाज्ञा खुकुलो बन्दै गएको हो । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि..