समाज

वाढीका कारण झापामा हालसम्म १८ वटा पिलरमा क्षति
२७ श्रावण, झापा । यस वर्ष मेची नदीले झापाको सिमावर्ती क्षेत्रमा ११२ नम्बर पिलर बगाएसँगै १८ वटा पिलरमा क्षति पुगेको छ । सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेका अनुसार गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा क्षति पुगेको हो । झापा जिल्लाको १४४.२ किलोमिटर खुला सीमा क्षेत्रमा ८२ देखि १५२ नम्बरसम्मको सीमा पिलर रहेका छन् । अधिकांश सीमा पिलर मेची नदी आसपासमा रहेको छ..

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
२७ श्रावण, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भद्रमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले हिजो (मंगलबार) गराएको थियो । योसँगै..

प्रदेशकै ठूलो पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालय सञ्चालनमा बिलम्ब
२१ श्रावण, झापा । झापाको कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने तापनि हस्तान्तरणको अन्योलले सञ्चालनमा बिलम्ब भएको छ । दुई बिगाहा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शैय्याको अस्पताल भवन संघीय सरकारको सहयोगमा रु. २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एक मात्र मेडिकल कलेजको रुपमा विकास गर्ने संघीय सरकारको योजना छ । गत असार २५ गते..

पूर्वआईजीपीहरु ज्ञापनपत्र बोकेर बालुवाटारमा
२० श्रावण, काठमाण्डौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरु (पूर्वआईजीपी)ले राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका छन् । नेपाल प्रहरीका १५ जना पूर्व प्रहरी महानिरीक्षकहरूले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गाको..

मनाङपछि मुस्ताङ बन्यो कोरोना विरुद्धको पूर्ण खोप लगाउने दोस्रो जिल्ला
२० श्रावण, मुस्ताङ । मनाङ पछि १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ बनेको छ । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप लगाइएको छ । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका दुई सय १३ नागरिकलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको सङ्ख्या ९ हजार ५१३..

निर्वाचन आयोगद्धारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज
१९ श्रावण, काठमाण्डौँ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती राजनीतिक दलहरु खारेज भएका हुन् । आयोगको आज बसेको बैठकले यही श्रावण २० गतेदेखि लागू हुने गरी ४१ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगमा एक सय ३६ दल दर्ता रहेकोमा ४१ दल खारेज भएपछि अब..

विद्युत प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन
१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिनुभएको छ । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगेको थियो । शाक्यको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उहाँलाई हटाउने तयारी..

आज साउने सक्रन्ती, किरात लिम्बु समुदायले भने सिसेक्पा तङ्नाम मनाउदैँ
१ श्रावण, काठमाण्डौँ । आज साउने सक्रन्ती । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने..

मोटरसाइकल दुर्घटनामा परी माङ्सेवुङ ४ का वडासदस्यको मृत्यु
३० असार, इलाम । मोटरसाइकल दुर्घटनामा परी इलामको माङ्सेवुङ गाउँपालिकाका एक वडासदस्यको मृत्यु भएको छ । हिजो साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् । आफैँले चलाएको मे ८ प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दमक रवि सडकखण्डको सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा..

राष्ट्रपतिद्धारा देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथका लागि साइत पर्खदैँ
२९ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । देउवा प्रधानमन्त्री नियुक्त भएपनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताउनुभयो । देउवा अहिले गठबन्धनसँग छलफलमा हुनुहुन्छ । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।