विशेष

कोशी प्रदेशसभाः मध्यावधी निर्वाचनको भयमा सांसद
१ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिनापछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । दलहरुले विशेष समय लिएर संसद्को आयु घट्न सक्ने संकेत गरे । अर्थात उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे । नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य राम राना मगरले त प्रदेशसभाको आयु ५/७ महिनामात्रै हुनसक्ने बताए । उनले प्रदेशसभा छिटै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो..

पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङको जलजले क्षेत्र (फोटो फिचर)
१ भाद्र, ताप्लेजुङ । पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङ, मैवाखोला गाउँपालिका जलजले हिमाल क्षेत्र तस्विरमा (फोटो रुपेन्द्र वनेम)

ललिता निवास प्रकरणः दुई पूर्व प्रधानमन्त्रीको बयान लिने सीआईबीको तयारी
३० साउन, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने भएको छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले बताए । ललिता निवासबारे अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतहरुले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग आइतबार ६ घण्टाभन्दा लामो समय बयान लिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्यसचिव थिए ।..

जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय
३० साउन, काठमाण्डौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । पुरानै अवस्थामा कित्ताकाट खुलेको बताईएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने..

कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ‘ए प्लस’ ल्याए
३० साउन, काठमाण्डौँ । कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए । त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत..
Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

चलचित्र सुपरफ्लप हुँदा अनमोल केसी बने ‘बर्ष उत्कृष्ट’ नायक
२९ साउन, काठमाण्डौँ । शनिबार नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा आयोजना गरेको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण अमेरिकाको सहर न्युयोर्कमा सम्पन्न भयो । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा फिल्म र फिल्मकर्मीको बाक्लै उपस्थिति थियो । उपस्थिति अनुसारकै बाक्लै पुरस्कार तथा अवार्ड पनि प्रदान गरियो । समारोहमा सर्वाेत्कृष्ट निर्देशक, वर्ष अभिनेता तथा अभिनेत्री, लाइफटाइम अचिभमेन्ट अवार्ड,..

ललिता निवास प्रकरणको विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरु उठे
२९ साउन, काठमाण्डौँ । सत्तागठबन्धनको बैठक आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ललिता निवासदेखि सुनकाण्डसम्मका छानबिनमा सरकारले कुनै राजनीतिक नियत नराखी स्वतन्त्र अनुसन्धानलाई अघि बढाएको भन्दै सहयोग मागे । छानबिन गर्दा जुनसुकै दलका जोसुकै पर्न सक्ने भन्दै नियतमा प्रश्न नगरी अनुसन्धानलाई सघाउन गठबन्धनको सहयोग उनले मागेका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेका अनुसार बैठकमा यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका..

गठबन्धनको निर्णयः सुन तस्करी अनुसन्धान सीआइबीले नै गर्ने, गौर हत्याकाण्डको छानबिन नगर्ने
२९ साउन, काठमाण्डौँ । सत्तारुढ दलहरुका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै नेताहरुले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका थिए । सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा..

एक क्विन्टल भनिएको सुन जोख्दा ६० किलोमात्रै भएको पुष्टि
२९ साउन, काठमाण्डौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ । सोमबार टक्सार महाशाखामा नेपाल..

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबै भाषामा सोध्ने त्रिविको तयारी
१९ साउन, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न..