सहमतिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला, अखिलले जलायो सहमति–पत्र

१४ भाद्र, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् । बुधबार भएको सहमति खारेज हुनुपर्ने माग राखेर ताला लगाएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले बताए । उनले भने, ‘वास्तविक विद्यार्थीको सहभागिता बिना हिजो भएको सहमति खारेज हुनुपर्छ । इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्काे सहमति गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको..

एमसीसी कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

१३ भाद्र, काठमाण्डौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे..

बालकृष्ण खाणलाई भेट्न कारागार पुगे शशांक कोईराला

१३ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका थिए । कारगार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् । केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री..

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा तीन जनाको मृत्यु

१३ भाद्र, काठमाण्डौँ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा, पाल्पा तानसेन नगरपालिका घरभई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोरा र कास्की जिल्ला पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय बिनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । तम्घासबाट बुटवलका लागि छुटेको लु..

प्रचण्डलाई सकसः एमसिसीलाई लिएर विप्लव आन्दोलनको तयारीमा

१२ भाद्र, काठमाण्डौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसिसी खारेजीको माग राखेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले एमसिसी कार्यान्वयनको मुखैमा एक विज्ञप्ती जारी गरेर उक्त सम्झौता कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका हुन् । अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् । यो बीचमा विप्लवले प्रचण्डसँग सहकार्यको प्रयास गरेका छन् । माओवादी केन्द्र र नेकपाबीच एकताको गृहकार्य भैरहेको पनि चर्चा छ । तर,..

अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैनः प्रधानमन्त्री प्रचण्ड

१२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् । संसदमा आज भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ । दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले..

दमकको युनिक कलेजमा चार विद्यार्थी संगठनद्धारा तालावन्दी

१२ भाद्र, झापा । दमकको युनिक कलेजका एक शिक्षकलाई कारवाही गर्न माग राख्दै चार वटा विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । कलेजकी एक छात्रालाई घर पुरयाँईदिने भन्दै कलेजमा कार्यरत शिक्षक मुकुन्द आचार्यले अभद्र व्यवहार गरेको भन्दै नेविसंघ लगायतका विद्यार्थी संगठनले तालावन्दी गरेका हुन् । कलेजका कोअर्डिनेटर समेत रहेका आचार्यले त्यस कलेजमा अध्ययनरत एक छात्रालाई अभद्र व्यवहार गरेको ती संगठनहरुको आरोप छ । पीडित छात्राले सो घटनाका..

सरकारले ‘गौर घटना’को फाईल नखोले ‘हेग’ जाने प्रभु साहको चेतावनी

१२ भाद्र, काठमाण्डौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे । कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’ नक्कली..

कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु

११ भाद्र, विराटनगर । कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ । अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन नहुँदा कोशीमा आईतबार राति १२ बजेबाट बजेट होलिडे सुरु भएको हो । नेकपा (एमाले) नेतृत्वको सरकारले गत असार १४ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रदेश सभामा टेबुल गरेको थियो । प्रदेश सभामा प्रस्तुत भएको उक्त विधेयक ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त अध्यादेशबाट ल्याइएको बजेटको कानुनी र संवैधानिक हैसियत आईतबार..

पुर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन ओलीको सन्देश

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्काे निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्काे आक्रोश पोखेका छन् । एक पदाधिकारीका अनुसार, २९ साउनमा केन्द्रीय मुख्यालय च्यासलमा बसेको..