सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु च्यासलमा

२६ भदौ, काठमाण्डौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।..

कोशी प्रदेशको नामबारेको विवाद संवादबाटै समाधान खोज्नुपर्ने प्रधानमन्त्रीको भनाई

२५ भदौ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले कन्फ्रन्टेसन नभएर वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिुपर्ने बताए । संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।..

पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस्ः प्रधानमन्त्री प्रचण्ड

२५ भदौ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे । पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’ मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष..

कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचपास ठप्प

२५ भदौ, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । विमानस्थल भन्सारको कार्गाेतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताए । भोलि पनि सेवा अवरुद्ध हुने ती अधिकृतले बताए..

बेइजिङमा एमाले महासचिव पोखरेले उठाए चुच्चे नक्साको बिषय

२५ भदौ, काठमाण्डौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराएका छन् । चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु..

ललिता निवास प्रकरणका १८ आरोपीत धरौटीमा छुटे, मिन गुरुङसँग २ करोड ४६ लाख माग

२४ भदौ, काठमाण्डौँ । ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका १८ जना नै आरापीतलाई रिहाइ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधरण तारेखमा छाड्न आदेश दिएको जनाईएको छ । गुरुङसँग अदालतले जम्मा २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास परिसरको सरकारी जग्गा..

समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँः शेरबहादुर देउवा

२४ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेपनि अझै अभ्यास गर्न नपाएको बताएका छन् । बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको उनले बताए । लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको तर, स्थायित्व नपाएको उनको भनाई थियो..

कोशी प्रदेश सरकारले ल्यायो बजेटसम्बन्धी अध्यादेश

२४ भदौ, विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः मुख्यमन्त्री नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए । यसअघि कार्की..

झापाको कमलमा सवारी दुर्घटनामा एकको मृत्यु

२३ भदौ, झापा । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार अनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे..

मान्छेले कहिलेबाट रक्सि खान थाले ? उत्पतीको कथा !

स्थानीय रक्सीको संस्कृति- १ संस्कृतिविद सत्यमोहन जोशीले जुन दिन सय वर्ष उमेर टेके, उनको मुहार धपक्कै बलेको थियो। मानौं, सय वर्षमा पल–पल आउने खुसी एकैचोटि उनको अनुहारमा पोखिएको होस्! पाटनको बखुम्बहालस्थित उनको घरमा बिहानैदेखि शुभेच्छुकहरूको घुइँचो थियो। ललितपुर महानगरपालिकाले त्यसै दिन उनका नाममा 'जन्मशताब्दी महोत्सव' गरेको थियो। उनलाई मंगलबजारबाट रथारोहण गराई बाजागाजासहित नगर परिक्रमा गराइयो। रथको पछि पछि सयौं मान्छेको लश्कर लाग्यो। उक्त सांस्कृतिक जुलुस पुल्चोकस्थित महानगर कार्यालय पुगेपछि निधारमा..