इलामका चर्चित वाद्यवादक राम दियालीको निधन

१० भदौ, इलाम । इलाम जिल्लाका चर्चित वाद्यवादक राम दियालीको आइतबार अपराह्न निधन भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण ८६ वर्षको उमेरमा उनको निधन भएको हो । इलाम नगरपालिका–७ घर भएका दियालीले नेपाली गीत–संगीतमा महत्वपूर्ण योगदान दिएका छन् । पूूर्वीय संगीतको पाठशालाझैं रहेको भारत दार्जिलिङमा वाद्यवादन सिकेर इलामलाई समेत आधुनिक र तारबाजाको प्रयोगतर्फ र्डोयाउनमा दियालीको अतुलनीय योगदान गरेको संगीतकर्मी सम्झिन्छन् । १९९५ सालमा इलाममै जन्मेर उनी २०१०।०१२ सालतिर भारत दार्जिलिङमा..

यो सरकारले फलानोलाई फसाऊ भनेर प्रहरीलाई निर्देशन दिँदैनः प्रधानमन्त्री ओली

१० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन् । काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए । उनले भने, ‘ तपाईहरु ढुक्क भएर काम गर्नुस् अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईहरुलाई निर्देशन दिँदैन । निर्दाेषलाई फसाऊ भन्दैन । निर्दाेष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दाेषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक..

कोशीमा विवादः मन्त्रालय फुटाउन मुख्यमन्त्री र कांग्रेस नेताबीच विवाद

८ भदौँ,  विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्रालय विभाजन हुनुपर्ने औपचारिक प्रस्ताव एमालेसमक्ष गरेको छ । एमालेले भने मन्त्रालय विभाजनको लागि औचित्य पुष्टि हुनुपर्ने र एक जना व्यक्तिको चाहनालाई पूरा गर्न मन्त्रालय विभाजन गर्न नहुने अडान राखेको छ । कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको..

सुनकोशी नदीमा गुडिरहेको गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

८ भदौँ,  सिन्धुली । मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।..

अन्तरजातीय प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि

८ भदौँ,  म्याग्दी  ।  म्याग्दीको बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ । शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो । २०८० पुस १६ गते राति सवा ११ बजे घरबाट बेपत्ता भएकी बेनी-९ तोरीपानीकी १९ वर्षीया मीनाको शव गत साउन २७ गते जंगलमा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जमिनमुनि गाडेको..

मेची भन्सार कार्यालयले साउन महिनामा संकलन गर्यो एक अर्ब २९ करोड राजस्व

८ भदौ, झापा । झापाको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०।८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । ‘मेची..

हतकडी फुकाएर फरार थुनुवा चार दिनपछि पक्राउ

८ भदौ, झापा । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट हतकडी फुस्काई फरार भएका थुनुवालाई प्रहरीले चार दिनपछि पक्राउ गर्न सफल भएको छ । गत भदौ २ गते बिर्तामोड–१ पश्चिम बसस्टेन्डबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री का हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । उनलााई शनिबार अर्जुनधारा–११ बाट प्रहरीले पक्राउ गर्न सफल भएको हो..

नामै नसुनेको राजनितिक दलको चन्दा आतंक

८ भदौ, झापा । नामै नसुनिएका तथा राजनीतिक वृतमा गतिविधि शून्य भएका दलले झापामा चन्दा आतंक सृजना गरेको खुलासा भएको छ । केही दिनदेखि झापाका अधिकांश विद्यालयमा आर्थिक सहयोग माग्दै उनीहरुले पत्र पठाउने गरेको खुलासा भएको हो । भ्रष्टाचार विरुद्ध जनएकता तथा जनसंघर्ष अभियान, राष्ट्रियता, जनतन्त्र तथा जन जीविकाका मुद्दालाई लिएर संघर्ष गरिरहेको र त्यसका लागि आर्थिक सहयोग गरिदिन भन्दै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले विद्यालयहरुमा पत्र पठाउँदै चन्दा मागेको छ..

कोशी प्रदेशभरिमा संस्थागत क्षमता स्वमूल्याकंनमा इलाम नगरपालिका पहिलो

८ भदौ, इलाम । संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याकंनमा कोशी प्रदेशभरिमा इलाम नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०७९।०८० मा गरेको मूल्याकंनमा कोशी प्रदेशभरमा सूर्याेदय नगरपालिका दोस्रो भएको छ । देशभरमा भने इलाम नगरपालिका पाँचौं र देशभरमा सूर्याेदय छैटौं भएको छ । इलाम नगरपालिकाले ८९ दशमलव ५० अंक प्राप्त गरेको छ भने सूर्याेदय नगरपालिकाले ८८ दशमलव २५ पाएको छ । शासकीय प्रबन्धमा इलामले ८..

रविको ९ घण्टा लामो बयानः ‘मलाई थाहा छैन’

८ भदौ, काठमाण्डौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले जिबी राई र उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको बयान दिएका छन् । सहकारी बचत रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष सुनुवाई समितिसमक्ष शुक्रवार मध्यरातसम्म ९ घण्टाभन्दा बढी भएको सोधपुछमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालकमध्येका एक लामिछानेले इन्कारी बयान दिएको समितिका सदस्य लेखनाथ दाहालले बताए । दाहालले भने– ‘९ घण्टाभन्दा बढी..