कोशी प्रदेशभरिमा संस्थागत क्षमता स्वमूल्याकंनमा इलाम नगरपालिका पहिलो

कोशी प्रदेशभरिमा संस्थागत क्षमता स्वमूल्याकंनमा इलाम नगरपालिका पहिलो

८ भदौ, इलाम । संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याकंनमा कोशी प्रदेशभरिमा इलाम नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष ०७९।०८० मा गरेको मूल्याकंनमा कोशी प्रदेशभरमा सूर्याेदय नगरपालिका दोस्रो भएको छ ।

देशभरमा भने इलाम नगरपालिका पाँचौं र देशभरमा सूर्याेदय छैटौं भएको छ । इलाम नगरपालिकाले ८९ दशमलव ५० अंक प्राप्त गरेको छ भने सूर्याेदय नगरपालिकाले ८८ दशमलव २५ पाएको छ ।

शासकीय प्रबन्धमा इलामले ८ र सूर्याेदयले ८ दशमलव ७५ अंक पाएका छन् । संगठन तथा प्रशासनमा इलामले ७ दशमलव ७५ र सूर्याेदयले ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा इलामले ८ दशमलव ५ र सूर्याेदयले ८ दशमलव ७५, वित्तीय आर्थिक व्यवस्थापनमा इलामले १० र सूर्याेदयले १० दशमलव २५ ल्याएका छन् ।

सेवा प्रवाहमा इलामले १४ दशमलव २५ र सूर्याेयदले १४ दशमलव २५, न्यायिक कार्य सम्पादनमा इलाम र सूर्याेदय दुवैले ७–७, भौतिक पूर्वाधारमा इलामले १० र सूर्याेदयले १० दशमलव २५, सामाजिक समावेशीकरणमा इलामले १० र सूर्याेदयले ८ दशमलव ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा इलामले ८ दशमलव ५ र सूर्याेदयले ७ दशमलव २५, सहकार्य र समन्वयमा इलामले ५ दशमलव ५ र सूर्याेदलयले ६ अंक प्राप्त गरेका छन् ।

इलामका अन्य पालिकामध्ये सन्दकपुरले ७८ दशमलव २५, चुलाचुली र फाकफोकथुमले ७५ दशमलव ७५, रोङले ६८ दशमलव ५०, देउमाईले ६७ दशमलव २५, माङसेबुङले ६४, माईजोगमाईले ६४ र माइ नगरपालिकाले ६१ अंक प्राप्त गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270