विशेष

माङसेबुङ ४ मा आजबाट महिला उद्घोषण तालिम सुरु
११ असार, इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ मा आजबाट महिला उद्घोषण तालिम सुरु भएको छ । माङसेबुङ गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र माङ्गेना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.को आयोजनामा तिन दिने उद्घोषण तालिम सुरु भएको हो । माङसेबुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नविन लिम्बुको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रम गरी आजबाट तालिम सुरु भएको हो । तालिमको उद्धघाटन गर्दै वडाध्यक्ष लिम्बुले यस तालिमले महिलाहरुको..

रोङको झण्डि डाँडामा गुरास, चिया, शिरीष फुल गोडमेल तथा वृक्षरोपण सम्पन्न
इलाम । इलामकाे रम्भ्याङस्थित चर्चित पर्यटकीयस्थल झण्डीडाडामा गुरास र चिया गाेडमेल, सडक खण्डमा बाँस राेपण, खेलमैदानमा दुवाे बिस्तार गरिएकाे छ । रम्भ्याङ कृषि सहकारि संस्थाकाे अायाेजनामा झण्डिडाँडामा राेपिएकाे गुराँस र चियाकाे विरूवाहरू गाेडमेल सरसफाई गरिएकाे हाे । झण्डि- धजे पर्यटन क्षेत्रमा गुरास, चिया र शिरीष काे बिरूवाहरू गाेडमेल गरि मल समेत हालिएकाे सहकारिका अध्यक्ष निमा कुमार राईले बताउनुभयाे । साेहि अवसरमा धजे- मनकामना सडक खण्डमा बाँसकाे बिरुवा राेपण समेत गरिएकाे..

चुलाचुलीलाई प्रदेश सरकारको ऐतिहासिह बजेटः ५१ योजनाको लागि ३० करोड विनियोजन
७ असार, इलाम । कोशी प्रदेश सरकारको आर्थिक बर्ष २०८२÷८३ को बजेटमा इलामको चुलाचुली गाउँपालिकाका विभिन्न योजनाका लागि ऐतिहासिक रुपमा रु ३० करोड ९ लाख रुपैया बजेट विनियोजन भएको छ । प्रदेश सरकारको योजना किताबमा चुलाचुलीका ५१ वटा भन्दा धेरै योजनाहरु समावेश भएको नेकपा एमाले चुलाचुलीका सचिव सन्तोश थाम्सुहाङले बताउनुभयो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना नेकपा एमालेबाट निर्वाचित भएको र एमाले चुलाचुली गाउँकमिटीको तर्फबाट..

चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण
इलाम– आफ्नो लालपुर्जा नहुँदा वर्षाैंदेखि भूमिसम्बन्धी समस्या झेल्दैआएका सर्वसाधारणलाई इलाममा जग्गाको लालपुर्जा वितरण गर्न थालिएको छ । जिल्लास्थित भूमि समस्या समाधान आयोगले आज (बुधबार) चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपुर्जा वितरण गरेको छ । विगतदेखि नै भूमि आयोगले गरेका अपुरो–अधुरो कार्यभित्र रहेका परिवारको लालपुर्जा तयार गरेर वितरण गरिएको जिल्लास्थित आयोग अध्यक्ष प्रकाश अधिकारीले बताए । चुलाचुलीमा ६ सय ३० परिवारको जग्गा अधुरो–अपुरोमा प्रमाणित गरिएको छ । बाँकीलाई पनि क्रमशः प्रक्रियामा लगेर..

जंगली हात्तीको आतंक रोक्न दीर्घकालीन समाधानको पहल
४ असार, झापा । झापामा बर्षाै देखि समस्याका रुपमा रहेको जंगली हात्तीको आतंक दीर्घकालीन समाधानका लागि आवश्यक पहल थालिएको छ । आज सरोकारवालाहरू संगको बैठकमा कोशी प्रदेश सभाका सांसद गोपाल तामाङले हात्तीबाट भोग्दै आएको पिडामा प्रदेश सरकार गम्भीर रहेको बताउँनुभयो । सासंद तामाङले तीननै तहको सरकारले दिर्घकालिन समस्य समाधानका लागि आवस्यक पहल गर्नु पर्ने धारणा राख्नुभयो । मेचीनगर नगरपालिकाको बाहुण्डाँगी लगाएतका क्षेत्रमा भारततर्फबाट ठूलो संख्यामा नेपाल प्रवेश गर्ने हात्तीले धपाउने..

मुन्दुम पदमार्गमा सातौँ ‘मुन्दुम ट्रेल रेस’
भोजपुर । मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो । पर्यटकीयस्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । मुन्दुम ट्रेल रेस यही असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ,..

अनेरास्ववियुको सचिवालय (खुल्ला तर्फको) पदमा इलामका नितेश राईको उम्मेद्वारी
काठमाण्डौ । बिगत लामो समय देखी विद्यार्थी राजनितीमा सक्रिय इलामका बिद्यार्थी नेता नितेश राईले अनेरास्ववियुको खुल्ला तर्फको सचिवालय सदस्य पदमा उम्मेद्वारी दिएका छन । काठमान्डौको किर्तिपुरमा जेठ २५ गते देखी अधिवेशन जारी छ । सबै नेता तथा प्रतिनिधीहरुको सल्लाहमा सचिवालय पदमा उम्मेद्वारी दिएको उनले बताए । इलामका बिद्यार्थी नेता राई अनेरास्ववियुको इकाई कमिटी, पालिका कमिटी, निर्वाचन क्षेित्रय कमिटी हुदै जिल्ला सदस्यमा निर्वाचित भएका थिए । सो पछी उनि जिल्ला कमिटीको..

करेन्ट लागेर जंगली हात्तीको मृत्यु
२० बैशाख, झापा । झापा जिल्ला अन्तर्गत कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। गए रातिको समयमा हात्तीले जंगलभित्र रहेको फलामको विद्युत पोलमा धक्का दिँदा माथिको तार सर्ट भएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा हात्तीको सुुँड र एउटा दाँत जलेको अवस्थामा मृत भेटिएको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ। घटनालगत्तै घटनास्थललाई सुरक्षित राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सव–डिभिजन वन..

हत्या प्रयासको आरोपमा फरार दिलिप कुमार पक्राउ
२० जेठ, झापा । झापा र सप्तरी प्रहरीको संयुक्त प्रयासमा श्रीमतीलाई बिष सेवन गराई हत्या प्रयास गरेको आरोपमा फरार रहेका दिलिप कुमार मरिक डोम पक्राउ परेका छन् । सप्तरी शम्भुनाथ नगरपालिका–२ स्थायी घर भई हाल झापाको दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलिपले २०८१ साल चैत १० गते बिहान करिब ८ बजे आफ्नी श्रीमती रेणु मरिकलाई बिष सेवन गराई ज्यान मार्ने प्रयास गरेका थिए । घटनापछि फरार..

ओली, देउवा र प्रचण्डबीच छलफल सुरु
१९ जेठ, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो । खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ । ओली र देउवा भेट्नुअघि प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट..