जंगली हात्तीको आतंक रोक्न दीर्घकालीन समाधानको पहल

जंगली हात्तीको आतंक रोक्न दीर्घकालीन समाधानको पहल


४ असार, झापा । झापामा बर्षाै देखि समस्याका रुपमा रहेको जंगली हात्तीको आतंक दीर्घकालीन समाधानका लागि आवश्यक पहल थालिएको छ । आज सरोकारवालाहरू संगको बैठकमा कोशी प्रदेश सभाका सांसद गोपाल तामाङले हात्तीबाट भोग्दै आएको पिडामा प्रदेश सरकार गम्भीर रहेको बताउँनुभयो । सासंद तामाङले तीननै तहको सरकारले दिर्घकालिन समस्य समाधानका लागि आवस्यक पहल गर्नु पर्ने धारणा राख्नुभयो ।

मेचीनगर नगरपालिकाको बाहुण्डाँगी लगाएतका क्षेत्रमा भारततर्फबाट ठूलो संख्यामा नेपाल प्रवेश गर्ने हात्तीले धपाउने क्रममा स्थानीय बासिन्दाले ज्यान गुमाएका छन्। । भने धेरै घाइते, खेतीबाली, घरमा समेत ठुलो क्षति पुर्याउदै आएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा कोशी प्रदेश सभा सदस्य माननीय गोपाल तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्लाका सुरक्षा निकायका उच्च अधिकारी, जनप्रतिनिधि, हात्ती पीडितसहित यसक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ ।
बैठकले संघिय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीयहरुलाई समेत पहलकदमीका लागि अनुरोध गर्ने निर्णय उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताउनुभयो ।

हात्ती मानव द्वन्द कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द न्यूनीकरण गर्न पहल गर्ने, तत्काल आवश्यक पर्ने इन्धन, टर्चलाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय, झापाले उपलब्ध गराउने र अपुग भएमा नगरपालिकाले सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेन्सिङ, बत्तीको प्रवन्ध, सडक मर्मत, तटबन्धन र जनचेतना जगाउन जरुरी हुने भएकाले फेन्सिङका लागि के कति बजेट आवश्यक हुन्छ ? डिभिजन वन कार्यालय झापाले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावारण संरक्षण मञ्च समेतसग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने नि समेत निर्णय भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर