रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै

२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल..

रास्वपालाई गृहसहित ४ मन्त्रालय दिने निर्णय

  २३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ ।

धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६, ३७ जनालाई उद्धार

२३ फागुन, धादिङ । धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन्। ३७ जनाको उद्धार गरिएको छ। कपिलवस्तुबाट काठमाडौं आउँदै लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा

२३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला सभापति अध्यक्ष नेपाल भेट्न नेपालकै निवासमा पुगेका हुन्। हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्।

एम्बापेको उत्कृष्ट प्रर्दशनमा पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश

२३ फागुन । पेरिस सेन्ट जर्मेन पीएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेका छन् । मंगलबार राति पीएसजीले रियल सोसिडाड र बायर्नले लाजियोलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीले रियल सोसिडाडलाई २–१ ले हरायो । एमबाप्पलेले १५ औं र ५६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाएका थिए । मिरिनोले खेल सकिन एक मिनेट बाँकी छदाँ..

नारी दिवसमा स्क्वाट

२३ फागुन,काठमाडौं । काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ । नारी दिवसका दिन फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव विजयतमरत्न बज्राचार्यले जानकारी गराए । प्रतियोगितामा जम्मा तीन तौलसमूह प्रतिस्पर्धा हुनेछ । ५७ केजीमुनि, ५७.१ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा नेपालभरिका विभिन्न..

सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त

२३ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन बनेको छ। केन्द्रमा फेरिएको सत्ता समीकरणको असरले प्रदेशका मुख्यमन्त्रीहरूले मन्त्रीहरूलाई बर्खास्त गर्नेदेखि मन्त्रीहरूले आफैँ राजीनामा दिने क्रम देखिएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पदमुक्त गरेको..

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति..

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

२३ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने÷नहुने विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ।..

एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेड

२३ फागुन, बिर्तामोड । न्युरोड टिम एनआरटी झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कप फुबललको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । चर्च ब्वाईज भने एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडी अवयोमी फकुन्लेबाट सम्भव भयो । उनले खेलको ३६ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा..