अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा

अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा

२३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला सभापति अध्यक्ष नेपाल भेट्न नेपालकै निवासमा पुगेका हुन्।

हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर