सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त

२३ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ।

केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन बनेको छ।

केन्द्रमा फेरिएको सत्ता समीकरणको असरले प्रदेशका मुख्यमन्त्रीहरूले मन्त्रीहरूलाई बर्खास्त गर्नेदेखि मन्त्रीहरूले आफैँ राजीनामा दिने क्रम देखिएको छ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पदमुक्त गरेको राससले उल्लेख गरेको छ।

पदमुक्त हुनेमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल छन्।

मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर