धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६, ३७ जनालाई उद्धार

धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६, ३७ जनालाई उद्धार

२३ फागुन, धादिङ । धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन्। ३७ जनाको उद्धार गरिएको छ।

कपिलवस्तुबाट काठमाडौं आउँदै लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर