विशेष

छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा एपिएफ एफसी
२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने..

दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा भाटभटेनी
२२ फागुन, दमक । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको व्यापारिक शहर दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक..

शक्ति बाँडफाँट गर्न ओली, रवि र उपेन्द्र बालुवाटारमा
२१ फागुन, काठमाडौँ । नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो । छलफलका लागि एमाले अध्यक्ष केपी शर्माओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । यसअघि मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबन्डाको खाका तयार पार्न जिम्मा दिएको थियो । जसमा एमालेका उपाध्यक्ष..

‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ’- प्रधानमन्त्री प्रचण्ड
२१ फागुन, काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’ माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले..

भक्तपुरमा स्कुटरसहित युवकको शव फेला
२१ फागुन, भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । मृतक इलामको इलाम नगरपालिका–३ घर भएर कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा हुन् । सोमबार बिहान शवसँगै बा.८६ प ९७३० नम्बरको स्कुटर फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आकलन गरिएको छ । शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ..

राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने ओलीको दाबी
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको..

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भने । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना..

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने
२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले..

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’

अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि इलामका किसान चिन्तित
२१ फागुन, फिक्कल (इलाम) । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २०..