विशेष

माओवादी केन्द्रकाे बैठक पुनः सर्याे
१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुनः सरेको छ। आज बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण सरेको हो। बैठक भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने छ। गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो। सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति..

कोशी प्रदेश सरकार जोगाउन कस्सियो नेपाली कांग्रेस
१ चैत, काठमाडौंँ । कोशी प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस जुटेको छ । कांग्रेसका मुख्यमन्त्री रहेको प्रदेश सरकार कसरी जोगाउने भन्नेबारे बिहीबार बिहान पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरूबिच छलफल भएको छ । ‘कोशी सरकारबारे छलफल भएको हो । जोगाउन लाग्नु स्वाभाविक हो’ पार्टी प्रवक्ता डा। प्रकाश शरण महतले भने । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी सरकार सङ्कटमा परेको अनुमान गरिएको छ । त्यसबारे देउवा निवासमा पार्टी..

‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलकुदमा राजनीति नगर्नुस्’
१ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् । उनले भने, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ ।..

चाम्लिङ भाषा साहित्यबारे विमर्श
१ चैत, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा गर्दै आएको मातृभाषा साहित्य शृंखलाको अर्काे अंक सम्पन्न भएको छ । सोअवसरमा चाम्लिङ भाषा साहित्यबारे विमर्श गरिएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रत्येक भाषाको महत्व समान रहेको बताए । उनले तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ पठनीय भएको बताए । कार्यक्रममा प्रतिष्ठानको मातृभाषा विभागका प्रमुख राजन मुकारुङले मातृभाषाका सम्बन्धमा आफैं जागृत हुनुपर्ने बताए..

प्रतिनिधिसभा बैठक बस्दै
१ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्..

होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात, भिडियो बाहिर आएपछि सम्पर्कबिहिन
३० फागुन, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वालले विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् । होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन् । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन-तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ..

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
३० फागुन । इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो। मंगलबार आर्सनलले पोर्टोलाई १-० को जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो । पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि..

बुधबार २.४८ अंकले घट्यो नेप्से
३० फागुन । बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेको छ। आज नेप्से ०.११ प्रतिशतले घटेर २१०८.७२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बुधबारको बजारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रूपैयाँको सेयर कारोबार भएको छ। ३१० वटा धितोपत्रको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको हो। बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १६..

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित
३० फागुन । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो । नेपालका कुनैपनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन् । ओपनर बिनोद भण्डारी दोस्रो बलमा ४ रनमा बोल्ड हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किएका थिए । रोहित..

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
३० फागन, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् । सत्ता समीकरण..