माओवादी केन्द्रकाे बैठक पुनः सर्‍याे

माओवादी केन्द्रकाे बैठक पुनः सर्‍याे

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुनः सरेको छ। आज बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण सरेको हो।

बैठक भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने छ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो।

सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने भनिएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर