लामिछानेप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने ‘आफूतिर आए प्रण दिने, नआए भ्रष्टाचारी ’

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अभिव्यक्ति दिएका छन् । बुधबार प्रतिनिभिसभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस, जनमोर्चालगायत दललाई जवाफ दिए । उनले ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ भनी प्रश्न गरे । “तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,” उनले भने, “आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ,..

अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम प्रतिस्पर्धा ट्रम्प र बाइडेनबीच हुने

३० फागुन । यस वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याट्स पार्टीका तथा वर्तमान राष्ट्रपति जो बाइडेनबीच हुने भएको छ । राष्ट्रपतिको उमेदवार बन्न बाइडेन र ट्रम्पले जति डेलीगेटको आवश्यकता थियो त्यो प्राप्त गरेका छन् । यसैकारण अब दुवै नेता आ–आफ्नो पार्टीबाट राष्ट्रपतिको उमेदवार बन्नेछन् । मंगलबार चार राज्य, एक अमेरिकन टेरेटरी र विदेशमा रहेका डेमोक्र्याट्सको लागि प्राइमरी निर्वाचन गरिएको थियो । निर्वाचनको नतिजाले आगामी राष्ट्रपति..

नेपाललाई उपाधि जित्न पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

३० फागुन । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए । नेपालका..

शिवसताक्षीको रिङ्गरोड सडक कालोपत्रे

३० फागुन, शिवसताक्षी । झापाको शिवसताक्षीको रिङ्गरोड अन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समिृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी १ को समृद्धि चोकदेखि दक्षिण जाने १ हजार १० मिटर सडक कालो पत्रे भएको हो । व्याङ्गडाँडा–माइधार सडक नेपाल सरकार समपुरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा १ करोड ७१ लाख ७१ हजार ७३१ रुपैयाको लागतमा निर्माण गरिएको हो ।..

गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी छैन्- केपी शर्मा ओली

३० फागुन ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले चीनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । “नेपाली कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुइ भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले..

चार बर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना

३० फागुन । नापोलीविरुद्ध दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना चार वर्षपछि यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गरेको बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै अन्तिम–८ मा स्थान बनाएको हो । बार्सिलोना चार वर्षपछि क्वार्टरफाइलनमा प्रवेश गरेको हो । यसअघि बार्सिलोनाले पछिल्लो पटक सन् २०२० को सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो..

गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति

३० फागुन । गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच मंगलबार सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम..

ठूलो संख्यामा खरिदार माग गर्दै लोक सेवा आयोगले गर्यो दरखास्त आह्वान

३० फागुन । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गर्दै दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार (राजपत्र अनंकित द्वितीयश्रेणी अप्राविधिक) का लागि आवेदन माग गरेको हो। आयोगले धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४ र महेन्द्रनगरमा २७ जना नयाँ कर्मचारी भर्नाका लागि..

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई

३० फागुन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन्। भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं..

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पीएनजी विरुद्ध फिल्डिङ गर्दै

३० फागुन । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बुधबार हङकङको मिसन रोड मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै पीएनजीलाई ब्याटिङमा निम्त्याएका हुन् । हङकङमा जारी शृङ्खलामा घरेलु टिमसंगै नेपाल र पीएनजी सहभागी छन् । नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।