शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित

शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित

२० जेठ । नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् ।

किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् ।

उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो ।

यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती राईलाई शिबसतक्षी–८ को वडा कार्याालयले समेत नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यसैगरी, सतासीधाम जेसिज र नगर खेलकुद विकास समिति शिबसताक्षीले क्रमशः सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर