
२१ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ।
एन्फाले सोमबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। त्यस्तै, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन्।
एन्फाका महासचिव किरण राईले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७