टी–२० विश्वकप- सुपर ओभरमा ओमानमाथि नामिबियाको जित

टी–२० विश्वकप- सुपर ओभरमा ओमानमाथि नामिबियाको जित

२१ जेठ । नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।

ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए। सुपर ओभरम नामिबियाका डेविड वीसले १३ रन बनाए। यस्तै, कप्तान ग्रेहार्ड इरास्मसले आठ रन जोडे।

२२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्रै बनाउन सक्यो। ओमानका जिशान मक्शूदले एक छक्कासहित सात रन बनाए।  नसीम खुसी दुई रन बनाएर वीसबाट बोल्ड भए भने अकिब इलियासले एक रन बनाए।

त्यसअघि नामिबियाका यान फ्रायलिंकले ४८ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाएका थिए। निकोलस डेविन २४ र इरास्मसले १३ रन बनाए। ओमानका मेहरान खानले सर्वाधिक तीन विकेट लिए।

तीन ओभर बलिङ गरेका उनले एक मेडनसिहत सात रन खर्चिए। बिलाल खान, अकिब इलियास र आयन खानले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै  १०९ रन बनाएको थियो। ओमानका खालिद केलले सर्वाधिक ३४ रन बनाए। ३९ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे। जिशान मक्सदू २२ र अयान खानले १५ रन बनाउँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। डेविड विसले तीन, एरार्ड इरास्मसले दुई र बर्नार्ड स्कोल्ट्जले एक विकेट लिए।

प्रतिक्रिया:

सम्बन्धित खवर