खेलकुद

‘यमनलाई जसरी पनि हराउने छौं’- अनन्त तामाङ
१९ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका एक प्रमुख खेलाडी अनन्त तामाङले विश्वकप २०२६/एसियन कप २०२७ छनोटको अन्तिम खेलमा यमनलाई जसरी भए पनि हराउने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताएका छन् । छनोटका अन्तिम दुई खेल (युएई र यमनविरुद्ध) को तयारीमा रहेका २६ वर्षीय सेन्टर–ब्याक अनन्तले भने, ‘अहिलेसम्म हामीले एउटा पनि खेल जित्न सकेको छैन । त्यसैले यो छनोटमा सकेसम्म दुई म्याच जित्ने हो । जित्न नसके पनि कसरी हुन्छ रिजल्ट आफ्नो..

अल–हिलालले जित्यो किंग्स कप
१९ जेठ । अल–नासरलाई पराजित गर्दै अल–हिलालले किंग्स कपको उपाधि जितेको छ। जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार राति सम्पन्न खेलमा अल–हिलालले पेनाल्टी सुटआउटमा नासरलाई ५–४ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। खेलको सातौं मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुआती अग्रता दिलाएका थिए। ५६औं मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटियो। ८६औं मिनेटमा हिलालका अली अल –बुलेहीले..

सकर लिगमा एटलान्टा युनाइटेडसँग इन्टर मियामी पराजित
१७ जेठ । साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा एटलान्टाले मियामीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४४औं मिनेटमै साबाले गोल गर्दै एटलान्टालाई सुरुआती अग्रता दिलाए। उनले ट्रिस्टन मुयुम्बाको पासमा गोल गरे। ५९औं मिनेटमा ब्रूक्स लेननको पासमा साबाले दोस्रो गोल गरे। तर, ६२औं मिनेटमा लिओनल मेसीले गगोल गर्दै मियामीलाई २-१ को स्थितिमा फर्काए। उनले सर्जियो..

नेपालले चारदेशिय फुटबल प्रतियोगिता खेल्ने
१७ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। ‘लेबनानले यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ । हामीले यस प्रतियोगिताको लागि तयारी थालिसकेका छौं,’ उनले भने । प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए । यस प्रतियोगिताका..

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो
१७ जेठ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको..

बंगबन्धु कप कबड्डी- नेपालको लगातार तेस्रो जित
१७ जेठ । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो । उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो । नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको..

एन्फा एकेडेमीमा छनौट भएका खेलाडीलाई मासिक ८ हजार दिने शिवसताक्षी नगरको घोषणा
१७ जेठ, शिवसताक्षी । शिवसताक्षी नगरपालीकाले एन्फा एकेडेमीमा छनौट भएका नगरका दुई खेलाडीलाई मासिक ८ हजार दिने घोषणा गरेको छ । मङलबार शिवसताक्षी नगर खेलकुद बिकास समितिले आयोजना गरेको एन्फा एकेडेमीमा छनौट हुन सफल यु१३ का दुई खेलाडी सम्मान तथा बिधाइ कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख मेगाहाङ थोप्राले यस्तो घोषणा गरेका हुन । उनले भने शिवसताक्षी नगरपालीका कृषि र पर्यटन क्षेत्रमा जिल्लाको अब्बल पालिका भएको र खेलकुद क्षेत्रमा पनि यस..

विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै
१७ जेठ । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप..

खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट
१६ जेठ । सरकारले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेका खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेका हुन् । पूर्वाधार विकास अन्तर्गत क्रिकेट रंगशाला निमार्णलाई बजेटमा प्राथमिकता दिइएको छ । जसअन्तर्गत काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना..

नेपाल र युएईको खेल साउदीमा हुने
१६ जेठ । नेपाल र युएईबीचको दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ। यी दुईबीचको खेल जुन ६ मा दशरथ रंगशालामा हुने तय थियो। तर, एसियाली फुटबल महासघंले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत थुप्रै कुरामा प्रश्न उठाएपछि खेल साउदीमा सारिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का खेल स्थानीय समय अनुसार साँझ ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।