रियलले जित्यो १५औं पटक च्याम्पियन्स लिगको उपाधि

२० जेठ । रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न फाइनलमा बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे। खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई २–० को जित दिलाए। प्रशिक्षक कार्लो एन्सेलोट्टीको..

भलिबलको लागि आवासीय कभर्ड हल बनाइने

१९ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताए । ‘यही बजेटमा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौं । यही पालि भलिबलको लागि एउटा..

गण्डकीसँग एपिएफ पराजित

१९ जेठ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा गण्डकीले एपिएफलाई ३-१ सेटले पराजित गरेको हो। गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो। तर, दोस्रो सेट भने १९-२५ ले गुमायो। तर, तेस्रो र चौथो सेट २५-२० र २५-१९ ले जित्दै गण्डकी विजयी सुरुआत गर्‍यो।

च्याम्पियन्स लिगको फाइनलमा आज डर्टमन्डले रियलको सामना गर्दै

१९ जेठ । शनिबार राति (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको फाइनलमा अन्डर डग बोरुसिया डर्टमन्डले कीर्तिमानी विजेता रियल मड्रिडको सामना गर्दैछ । आजको खेल जिते जर्मन क्लबको प्रतियोगिता जित्ने २७ वर्षको प्रतीक्षा अन्त्य हुनेछ । उता लस ब्लाङ्कोस भने रेकर्ड १५ औँ उपाधि जित्ने तरखरमा छ । डर्टमन्डले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पाखा लगाउँदै वेम्बलेको टिकट बुक गरेको थियो । उता, कार्लाे एन्चेलोटीको टोलीले बायर्न म्युनिखलाई हराउँदै ‘अल–जर्मन’ फाइनल हुनबाट रोकेको..

‘यमनलाई जसरी पनि हराउने छौं’- अनन्त तामाङ

१९ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका एक प्रमुख खेलाडी अनन्त तामाङले विश्वकप २०२६/एसियन कप २०२७ छनोटको अन्तिम खेलमा यमनलाई जसरी भए पनि हराउने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताएका छन् । छनोटका अन्तिम दुई खेल (युएई र यमनविरुद्ध) को तयारीमा रहेका २६ वर्षीय सेन्टर–ब्याक अनन्तले भने, ‘अहिलेसम्म हामीले एउटा पनि खेल जित्न सकेको छैन । त्यसैले यो छनोटमा सकेसम्म दुई म्याच जित्ने हो । जित्न नसके पनि कसरी हुन्छ रिजल्ट आफ्नो..

अल–हिलालले जित्यो किंग्स कप

१९ जेठ । अल–नासरलाई पराजित गर्दै अल–हिलालले किंग्स कपको उपाधि जितेको छ। जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार राति सम्पन्न खेलमा अल–हिलालले पेनाल्टी सुटआउटमा नासरलाई ५–४  गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। खेलको सातौं मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुआती अग्रता दिलाएका थिए। ५६औं मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटियो। ८६औं मिनेटमा हिलालका अली अल –बुलेहीले..

सकर लिगमा एटलान्टा युनाइटेडसँग इन्टर मियामी पराजित

१७ जेठ । साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा एटलान्टाले मियामीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४४औं मिनेटमै साबाले गोल गर्दै एटलान्टालाई सुरुआती अग्रता दिलाए। उनले ट्रिस्टन मुयुम्बाको पासमा गोल गरे। ५९औं मिनेटमा ब्रूक्स लेननको पासमा साबाले दोस्रो गोल गरे। तर, ६२औं मिनेटमा लिओनल मेसीले गगोल गर्दै मियामीलाई २-१ को स्थितिमा फर्काए। उनले सर्जियो..

नेपालले चारदेशिय फुटबल प्रतियोगिता खेल्ने

१७ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। ‘लेबनानले यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ । हामीले यस प्रतियोगिताको लागि तयारी थालिसकेका छौं,’ उनले भने । प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए । यस प्रतियोगिताका..

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

१७ जेठ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको..

बंगबन्धु कप कबड्डी- नेपालको लगातार तेस्रो जित

१७ जेठ । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो । उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो । नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको..