नेपाल प्रिमियर लिग आउँदो मंसिर १५ गतेदेखि हुने

३ भदौ, काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने तय भएको हो । क्यानले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ । सोल्टी होटलमा एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।

साफ यू–२० च्याम्पियनसिप : श्रीलंकालाई हराएपछि नेपाल बलियो स्थितिमा

२ भदौ, काठमाडौं । दुई पल्टको च्याम्पियन नेपालले साफ यू–२० च्याम्पिनयसिपमा आइतबार विजयी सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १–० ले हरायो । जितपछि नेपालको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालको तीन अंक भएको छ भने श्रीलंका शून्य अंकमा रह्यो । अब नेपालले बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । नेपालका जितमा नीराजन धामीले २४ औं मिनेटमा..

भलिबल खेलाडीको तलव ५ हजार, त्यो पनि चन्दा उएर !

२४ साउन, काठमाण्डौँ । काभा वुमन्स नेसन्स लिगको फाइनलमा नेपाल र भारतको खेल्दा बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा जति दर्शक थिए, बाहिर त्यति नै थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतका नेताहरु पनि दर्शक दीर्घामा थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने तयारी थियो, तर मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेकाले अन्तिम समयमा गएनन् । भलिबल नेपालको राष्ट्रिय खेल हो,..

पेरिस ओलम्पिकः अमेरिका २७ स्वर्ण सहित शिर्ष स्थानमा

२४ साउन । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्य..

एलेक्सले सुधारे पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान

१५ साउन, काठमाण्डौँ । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउदा खुशी लागेको बताएका छन् । पेरिस ला डिफेन्स एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्सले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले यसअघि कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा आफैंले राखेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । ‘कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु । यो मेरो लागि..

पेरिस ओलम्पिकमा आज नेपालका एलेक्स शाहले पौडीमा प्रतिस्पर्धा गर्ने

१५ साउन, काठमाण्डौँ । पेरिस ओलम्पिक २०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले गत फेब्रुअरीमा कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा ५२.१७..

पेरिस ओलम्पिकको भव्य उद्घाटनः श्यान्टु र मनिताले बोके नेपालको झण्डा

१२ साउन, काठमाण्डौँ । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि..

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश

२६ असार । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो । अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । दोस्रो सेमिफाइनलमा..

झापामा १० किलोमिटर खुल्ला दौड प्रतियोगिता हुदैँ

१९ असार, झापा । मानवहित संरक्षण मञ्च नेपालको मुख्य आयोजना र नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल खेलकुद महासंघको आयोजनामा झापामा १० किलोमिटर खुल्ला दौड र ५ किलोमिटर स्थानीय दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, भातृत्व र पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने नारासहित २१ असारमा झापाको दमक ९ स्थित भाटभटेनी सुपरमार्केट परिसरबाट शुरु हुने दौडको समापन कमल ३ स्थित पूर्व जनमुक्ती सेना नेपालद्धारा निर्मित सहिद गेटस्थलमा हुने जनाइएको छ..

दक्षिण अफ्रिका पहिलो पटक आईसीसी टी–२० विश्वकपको फाइनलमा

१३ असार, काठमाण्डौँ । अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो । यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो ।..