४ ओभरमा कुनै रन नखर्ची फर्गुसनले लिए ३ विकेट

४ ओभरमा कुनै रन नखर्ची फर्गुसनले लिए ३ विकेट

४ असार । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनको अविश्वसनीय बलिङ प्रदर्शन गरेका छन्।

जारी टि-२० विश्वकपमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध न्युजिल्यान्डका फर्गुसनले अविश्वसनीय बलिङ प्रदर्शन गरेका हुन् । गएराति भएको खेलमा उनले ४ ओभर बलिङ गर्दै कुनै पनि रन नखर्ची ३ विकेट लिएका हुन् ।

उनले गरेको बलिङको २४ बलनै डट भएको हो । उक्त खेलमा पीएनजी १९ ओभर ४ बलमा ७८ रनमा समेटिएको थियो । न्युजिल्यान्ड ७ विकेटले विजयी भएको हो।

प्रतिक्रिया:

सम्बन्धित खवर