पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सको २–१ को पुनरागमन जित

पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सको २–१ को पुनरागमन जित

३ असार । नेदरल्यान्ड्सले युरोकपअन्तर्गत समूह डी को पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ।

जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोल्यान्डविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।
खेलमा १–० गोलले पछि परेको नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले गोल गरे।

पोल्यान्डका एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बन्यो। जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड् समूह डी को शीर्ष स्थानमा रहेको छ। पराजित पोल्यान्ड भने पुछारमा छ। यस समूहमा फ्रान्स र अस्ट्रिया रहेका छन्।

खेलको १६औँ मिनेटमा बुक्साको गोलमा पोल्यान्डले सुरुआती अग्रता बनाएको थियो। तर, नेदरल्यान्ड्सका गाक्पोले २९औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ८३औँ मिनेटमा वाउटले गोल गरेपछि नेदरल्यान्ड्स २–१ ले विजयी भयो।

प्रतिक्रिया:

सम्बन्धित खवर